#साइक्लिङ

नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट साइक्लिङमा १६ खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट साइक्लिङमा १६ खेलाडी छनोट
पोखरा, २१ भदौ/ प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश स्तरिय खेलकुद प्रतियोगिता अन्र्तगत सोमबार साइक्लिङतर्फको महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए । प्रतियोगितामा महिलातर्फ प्रदेशबाट क्रस कन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले जानकारी दिए । यस्तै रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास,… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामै साइक्लिङ प्रतियोगिता पक्का

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरामै साइक्लिङ प्रतियोगिता पक्का
पोखरा, ७ भदौ/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको साइक्लिङ खेल पोखरामै हुने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङ खेलकुदका लागि सोमबार खेलस्थल व्यवस्थापन समिति सहितको टोलीले साइक्लिङ खेलका लागि पोखरा र आसपासका संभाव्य खेलस्थलको अवलोकन गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राखेप सदस्य राजेशकुमार गुरुङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, संघका सचिव देवेन्द्र बस्नेत, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, उपाध्यक्ष… पुरा पढौ

साइक्लिङ प्रतियोगिताको उपाधि पुरुष तर्फ हिमाल टमाटा र महिला तर्फ उषा खनाललाई

साइक्लिङ
पोखरा, ४ असार/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीका हिमाल टमाटाले जितेका छन् । उनले निधिरित ४५ किलोमिटरको दुरी २ घण्टा ३४ मिनेट १० सेडेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । तीन मिनेट पछि परेको एपीएफका लक्ष्मण मल्लले २ घण्टा ३७ मिनेट ५० सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गरे । त्यसै गरी कास्कीका हिक्मत विक २ घण्टा ४६ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरे । महिला… पुरा पढौ