#दुर्गा प्रसाईं

तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

दुर्गा प्रसाईं
पोखरा, ३० जेठ/ अघिल्लो चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो । त्यस्तै, अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो । काठमाडौं… पुरा पढौ

दुर्गा प्रसाईं पक्राउ, प्रधानमन्त्री माथि गम्भीर आरोप लगाए

दुर्गा प्रसाईं
काठमाडौं, ४ मंसिर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको भन्दै प्रहरीले पक्राउ गरेको छ । प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेर लाजिम्पाटस्थित सीआईबीमा राखीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात किर्ते रहेको देखिएको जनाएको छ ।… पुरा पढौ

व्यवसायी दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं
पोखरा, ६ असोज/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई आइतबार दिऊसो पक्राउ गरेको हो । साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले नियन्त्रणमा लिएको हो । साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि… पुरा पढौ

बाग्लुङमा दुर्गा प्रसाईंलाई हातपातको प्रयास, पोखरामा पृथ्वीचोकमा कार्यक्रम गर्न रोक

दुर्गा प्रसाईं
पोखरा, ४ माघ/ बाग्लुङमा कार्यक्रम गर्दा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ । कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी मदन केसीले बताए । हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेको उनले बताए । बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् । देश दौडाहामा हिंडेका प्रसाईंलाई… पुरा पढौ

बसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने घोषणा हुन्छ-दुर्गा प्रसाईं

दुर्गा प्रसाईं
काठमाडौँ, १७ मंसिर/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी प्रसाईंले समानान्तर सरकार घोषणा गर्ने बताए । प्रसाईंले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने योजना रहेको बताए । उनले बैंक तथा लघुवित्त र बीमा कम्पनी राष्ट्रियकरण गर्ने, निक्षेपको जिम्मा… पुरा पढौ

व्यवसाय थन्क्याएर आन्दोलनमा आउन दुर्गा प्रसाईंको अपिल, पोखरामा प्रर्दशन

दुर्गा प्रसाईं
पोखरा, ८ मंसिर/ मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईँले आन्दोलनलाई अझ सशक्त पार्ने उद्घोष गरेको छ । राज्यले प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै त्यसले आफूहरूको आन्दोलन झन बलियो र विस्तारित हुँदै गरे दाबी छ । अभियानद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लामा एकसाथ आन्दोलन सुरू गर्न र काठमाडौं उपत्यका लगायत सबै ठाउँमा व्यापार, व्यवसाय, कारखाना, सवारी साधन थन्क्याएर आन्दोलनमा आउने अपिल गरिएको छ । आफूहरूको प्रदर्शनमा प्रहरीले लाठी, अश्रुग्यास, रबरको गोली… पुरा पढौ