#जुवा

लेकसाइडको होटलमा जुवा खेलीरहेका ९ जना २ लाख ७० हजार सहित पक्राउ

जुवा तास
पोखरा, ११ साउन/ पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडमा जुवातास खेलिरहेको आरोपमा कास्की प्रहरीले ९ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलिले लेकसाईड स्थित रहेको होटल लेक टपको कोठाभित्र जुवातास खेलिरहेका ९ जना व्यक्तिहरुलाई नगद सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । नगद २ लाख ५६ हजरा ४ सय, भारतिय ५ हजार ५ सय र २० बुक तास सहित पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रशासन… पुरा पढौ

कास्कीको फेदीबाट पाँच जना जुवाडे पक्राउ

जुवा तास
पोखरा, ३१ असार/ कास्की जिल्लाको फेदीमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले पोखरा–बागलुङ राजमार्ग अन्तरगत पर्ने कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिका वडा नं.०७ फेदीमा जुवातास खेलिरहेकालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा माछापुच्छ्रे गाउपालिका वडा नं. ७ फेदी बस्ने बर्ष ४१ को बिनोद गुरुङ, सही ठाउँको ५३ वर्षीय धिर बहादुर गुरुङ, ४७ वर्षीय कृष्ण बहादुर गुरुङ, माछापुच्छ्रे ८ ल्वाङघलेलका ४० वर्षीय चन्द्रमान तामाङ र… पुरा पढौ

जुवा खालबाट करिब ९ लाख सहित १२ जना पक्राउ

जुवा तास
पोखरा, १९ कात्तिक/ मुस्ताङमा करिब ९ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ८ लाख ५२ हजार ८ सय नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए । पक्राउ पर्नेहरू मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं.… पुरा पढौ

पोखरा जुवातास खेल्दै गरेका ८ जना पक्राउ

जुवा तास
पोखरा, २२ पुस/ कास्की पोखरा महानगरपालीका वडा नम्बर १२ चापापानी स्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ८ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलिले जुवातास खेली रहेका उनीहरुको साथबाट ४ बुक तास र नगद १ लाख ३५ हजार ९ सय ८५ रुपैया सहित पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । पक्राउ परेका लागि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने)… पुरा पढौ

पोखरामा जुवातास खेलिरहेका ८ जना नगद १ लाख सहित पक्राउ

जुवा तास
पोखरा, ९ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडी प्रेम बहादुर कार्कीले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको ८ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार गएको टोलीले जुवा तास खेलिरहेका ८ जनालाई ५२ पत्ति तास र नगद १ लाख ५ हजार ५ सय ६० सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा… पुरा पढौ

पोखरामा हतियार सहित जुवा खेल्ने पक्राउ

जुवा तास
पोखरा, ७ मंसिर/ पोखरा महानगरपालिका २२ चिसाखोला स्थित भेष बहादुर गुरुङको घरमा कोडा खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको घरमा आँगनमा कौंडा खेलेको भन्ने सूचनाको आधारमा प्रहरी टोली पुगेर ६ जना सहित नगद ८२ हजार ८ सय २५, १६ थान कौडा सहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । प्रहरी आएको थाहा पाएपछि जुवा खेल्ने मानिसहरु भाग्दै गरेको अवस्थामा ६ जनालाई पक्राउ गरेको उनले जानकारी दिए । भेषको… पुरा पढौ

पोखरामा जुवाखेल्दै गरेका ७ जना पक्राउ, ४ लाख ४७ हजार नगद बरामद

जुवा तास
पोखरा, ७ भदौ/ पोखरामा जुवाखेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ८ मा रहेको लक्ष्मी होटलको ग्राउण्ड फ्लोरमा जुवा खेली रहेको बेला प्रहरी नगद ४ लाख ४७ हजार ८० सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीले जानकारी दिए । होटल सञ्चालक ईन्द्र बहादुर हिराचन सहित मुस्ताङका मोहन थकाली, नबिन प्रसाद थकाली, पोखरा ८ का शंकर ज्वारचन, पोखरा ९ का महेन्द्रपुलका गुन्ज हिराचन, पोखरा १० रामबजारका राजु गुरुङ र दल बहादुर हिराचनलाई पक्राउ गरेको जोशीले… पुरा पढौ

पोखरामा जुवा खेल्दै गरेका २३ जना ५ लाख नगद सहित पक्राउ

जुवा तास
पोखरा, १५ कार्तिक/पोखरा महानगरपालिका वडा नम्बर ३० शिसुवा स्थित यमुना पराजुलीको घरमा कौडा (जुवा) खेली रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवाले २३ जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले कौडा खेली रहेका मानिसहरूलाई १ सेट कौडा र ५ लाख ३१ हजार ९ सय ५० रुपैया सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला… पुरा पढौ

पोखरामा जुवा खेल्ने ९ जना २ लाख १५ हजार सहित पक्राउ

जुवा तास
पोखरा, ९ असोज/ कास्की प्रहरीले पोखरा महानगरपालिका १० बुद्ध चोक बस्ने कुमार कार्कीले संचालन गरेको एक रेष्टुरेन्टमा जुवा तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ९ जना सहित नगद २ लाख १५ हजार २ सय ५० र २०८ पत्ती तास सहित पक्राउ गरेको हो । सिसि क्यामेराको हार्डडिक्स एउटा, मनिटर एउटा समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

प्रहरीले पोखराबाट ८ जना जुवाडे पक्राउ

जुवा तास
पोखरा, २६ भदौ/ कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरु साथबाट प्रहरीले २ सय ११ पत्ती तास नियन्त्रण लिएको छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप… पुरा पढौ