#जुवा

पोखरामा जुवा खेल्ने ९ जना २ लाख १५ हजार सहित पक्राउ

जुवा तास
पोखरा, ९ असोज/ कास्की प्रहरीले पोखरा महानगरपालिका १० बुद्ध चोक बस्ने कुमार कार्कीले संचालन गरेको एक रेष्टुरेन्टमा जुवा तास खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका ९ जना सहित नगद २ लाख १५ हजार २ सय ५० र २०८ पत्ती तास सहित पक्राउ गरेको हो । सिसि क्यामेराको हार्डडिक्स एउटा, मनिटर एउटा समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

प्रहरीले पोखराबाट ८ जना जुवाडे पक्राउ

जुवा तास
पोखरा, २६ भदौ/ कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जुवाडेलाई पक्राउ गरेको छ । शनिबार बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरु साथबाट प्रहरीले २ सय ११ पत्ती तास नियन्त्रण लिएको छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप… पुरा पढौ

पोखरामा जुवा खेल्दै गरेका ६ जना पक्राउ

जुवा तास
पोखरा, ३१ असार/ कास्की प्रहरीले पोखरामा जुवा खेलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोड बस्ने नबीन गौचनको घरमा जुवा तास खेलिरहेका ६ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई नगद २ लाख ५३ हजार ५ रुपैया सहित २०८ पत्ती सहित नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला… पुरा पढौ

दोहोरी घरमा जुवा खेल्दै गरेका ८ जना पक्राउ

जुवा तास
पोखरा, १८ जेठ/ कास्की प्रहरीले पोखराको एक दोहोरी घरमा जुवा खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ । पोखराको चिप्लेढुङगामा रहेको साननानी दोहोरी घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा नगद ८४ हजार ६ सय ५० सहित ८ जनालाई पक्राउ गरेका कास्कीका प्रहरी प्रवक्ता डिसपी सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थपरे… पुरा पढौ