इमेज सहकारीः देवकुमारलाई सम्पर्कमा आउन संघर्ष समितिको आग्रह
पोखरा, ७ मंसिर/ सहकारीको रकम अपचलको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई संघर्ष समितिले सम्पर्कमा आउन भनेको छ । सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि इमेज सहकारी पीडित संघर्ष समितिको चाँडै नै नेपालीलाई समितिको सम्पर्कमा आउन भनेका हुन् । समितिका तर्फबाट अध्यक्ष हरिबहादुर खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बचतकर्ताको बचत रकम फिर्ता गर्ने आशयसहित नेपाली सामाजिक सञ्जालबाट सार्वजनिक भएकोमा उत्साहित हुँदै तत्काल समस्या समाधानका लागिसम्पर्कमा आउन आग्रह गरिएको हो । समितिका…
पुरा पढौ
इमेज सहकारी ठगी प्रकरणः फरार रहेका देवकुमारले भने– ज्यान मार्ने धम्की आएपछि भागे (सम्पति कति समेत)
विशन क्षेत्रीपोखरा, ५ मंसिर/ बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरेर भागेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो मार्फत व्यक्तिगत सम्पत्ति बिक्रीको लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली इमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत हुन् । तर, बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी गत वैशाख पहिलो हप्तादेखि फरार थिए । यो सहकारीले निक्षेपकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ । नेपालीविरुद्ध प्रहरीमा समेत मुद्दा परेको…
पुरा पढौ