प्रमुख समाचार

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी गीतहरु
पोखरा, ३१ चैत/ नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा शनिबार पोखरामा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीप्रति ट्रिब्यूट दिदै कालजयी गीतहरु गुञ्जाएका हुन् । कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु… पुरा पढौ

युनिश गुरुङलाई बुद्धिचाल प्रतियोगिताको उपाधि

युनिश गुरुङलाई बुद्धिचाल प्रतियोगिताको उपाधि
पोखराः   पोखरामा शनिबार सम्पन्न भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिताको उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन् । माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रतियोगितामा बाह्रखरी डटकम पोखराका संवाददाता विशन क्षेत्री द्धितिय, नयाँ लिपि डटकमका संवाददाता दिपक कुमार श्रेष्ठ तृतीय भए । यस्तै प्रब्लिक फोरकेका प्रबन्धक निर्देशक मन क्षेत्री चौथो, रातोपाटी डटकम पोखरा संवाददाता प्रकाश ढकाल पाँचौ, नयाँ लिपिका… पुरा पढौ

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु
पोखरा, ३० चैत/ पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गते सम्म चल्ने छ । पोखरा महानगरका मयेर आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए । पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । पोखरालाई… पुरा पढौ

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छः ईश्वर पोखरेल

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ ः ईश्वर पोखरेल
पोखरा, ३० चैत/ नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो । अराजकताबादलाई सघाउने र मलजल… पुरा पढौ

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

पोखरामा प्रथम एलिट भलिबल कप सुरु
पोखरा, ३० चैत/ पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ। एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा(३ नदिपुरमा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे । पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए । एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३-२ को सेटले पराजित गर्न सफल भयो । महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनलमा प्रवेश गर्‍यो । प्रतियोगितामा पुरुषतर्फ… पुरा पढौ

पत्रकार सुमन ढुंगानालाई धम्की

सुमन ढुंगना
पोखरा, ३० चैत/ मानब सेवा फाउण्डेसनले पोखरामा गर्न लागेको कोटीहोमको समाचार लेखेको भन्दै उनका समर्थकले पत्रकारलाई धम्की दिएका छन् । फाउण्डेसनले पोखरामा कोटीहोमको तयारीका क्रममा गरेको करोड दिप प्रज्जोलनबाट सल्किएको आगोबारे समाचार लेख्दा पत्रकार सुमन ढुंगानालाई धम्की दिइएको हो । मानवसेवा फाउन्डेशन नाम संस्थाको हवला दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका ढुंगानाल धम्की दिइएको हो । बुधबार ‘कोटिहोमका नाममा धन्न ठूलो आगलागी हुनबाट जोगियो पोखरा’ शीर्षकमा सार्वजनिक गरेको भिडियोलाई लिएर ढुंगानालाई धम्की दिएको उनले बताए । ‘उक्त भिडियो सार्वजनिक… पुरा पढौ

नयाँ वर्षमा पोखरा फेवा महोत्सव, होटलमा २० प्रतिशत छुट

नयाँ वर्षमा पोखरा फेवा महोत्सव, होटलमा २० प्रतिशत छुट
पोखरा, २९ चैत/ होटल संघ पोखरा नेपालले चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवमा विभिन्न ठाउँका सस्कृतीहरु एकै ठाउँमा हेर्न पाइने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । उनले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने… पुरा पढौ

पोखरामा शनिबार एमालेको जागरण सभा, १८ हजार जना उतार्ने तयारी

पोखरामा शनिबार एमालेको जागरण सभा, १८ हजार जना उतार्ने तयारी
पोखरा, २९ चैत/ नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरामा शनिबार जागरण सभा हुँदैछ । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा आयोजना गरेको हो । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र उक्त र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९,… पुरा पढौ

पोखरामा ट्रकले स्कुटरलाई ठक्करदिदा माओवादी नेताको मृत्यु

पोखरामा ट्रकले स्कुटरलाई ठक्करदिदा माओवादी नेताको मृत्यु
पोखरा, २८ चैत/ पोखरामा सडक दुर्घटना हुदाँ एक जना माओवादी नेताको मृत्यु भएको छ । पोखरा–९ पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिदा नेकपा माओवादी केन्द्र पोखरा–१४ का पूर्व अध्यक्ष तथा अखिल नेपाल किसान महासंघ –क्रान्तिकारी) कास्की जिल्ला समितिका सचिव शिवराज कँडेलको मृत्यु भएको हो । ट्रकको ठक्करबाट स्कुटरको पछाडि बसेका ५३ वर्षीय कँडेल घाईते भएपछि उद्दार गरेर गण्डकी मेडिकल कलेज लगिएपनि उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ना. ५ ख. ६२२२ नम्बरको ट्रकले ग१६प २०७५ नम्बरको… पुरा पढौ

केपी ओली कप क्रिकेटः गण्डकी हिरोज र हिमालयनको जित

केपी ओली कप क्रिकेटः गण्डकी हिरोज र हिमालयनको जित
पोखरा, २७ चैत/ पोखरामा जारी केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ । १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा… पुरा पढौ