प्रमुख समाचार

कास्की यु १४ फुटबलः छात्रतर्फ सेमिफाइनल समिकरण पुरा, छात्रातर्फ लिगको अन्तिम खेल

कास्की यु १४ फुटबलः छात्रतर्फ सेमिफाइनल समिकरण पुरा, छात्रातर्फ लिगको अन्तिम खेल
पोखरा, १९ भदौ/ पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र/छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो । बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए ।… पुरा पढौ

पोखराका खाजा घरमा अनैतिक गतिविधि, ४ सञ्चालक पक्राउ, ११ जनाको उद्धार

जिल्ला प्रहरी कार्यालय कास्की
पोखरा, १९ भदौ/ कास्की प्रहरीले पोखराका विभिन्न खाजाघरमा छापा क्रम अगाडी बढाएको छ । बागलुङ बसपार्कका १९ र नालाको मुखस्थित १ गरी २० खाजाघर संचालकलाई केही दिनअघि पक्राउ गरेको प्रहरीले पोखरा–८, जाल्पारोडका खाजा घरमा पनि छापा मारेको छ । जाल्पारोडका विभिन्न खाजाघरमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको भन्ने सूचना आधारमा प्रहरी टोलीले खाजाघरका ११ जना महिलाहरूलाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाइएको जनाएको छ । यस्तै, अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जना खाजा घर सञ्चालकहरूलाई मंगलबार नियन्त्रणमा लिएको छ… पुरा पढौ

पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने

पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने
पोखरा, १८ भदौ/ पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो । पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए । भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लवमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए । तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६०… पुरा पढौ

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी
पोखरा, १८ भदौ / नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आजदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवम् व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया सहित प्रवद्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । आज पोखरादेखि त्यसतर्फ लागेको टोलीले १९ गते नेपालगञ्ज र २० गते भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय… पुरा पढौ

पोखरामा हुने एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण

पोखरामा हुने एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण
पोखरा, १८ भदौ/ दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा अनावरण गरिएको छ । शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी बुधबार फेवा ताल किनारमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अनावरण गरे । कार्यक्रममा मेयर आर्यलले पोखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले खेलले केवल मनोरञ्जन नभइ, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताए । ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएको छ । इन्फनिटी ड्रीम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय… पुरा पढौ

गोरखा, दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का

भूकम्प
पोखरा, १८ भदौ/ सिन्धुपाल्चोकमा मंगलबार मध्यराति र गोरखामा मंगलबार भूकम्प गएको छ । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो । दोलखाको लापिलाङ केन्द्रविन्दु भएर दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने गोरखामा मंगलबार बिहान ६ बजेर १५ मिनेटमा गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियोे । पुरा पढौ

पोखराबाट भुटान एयरलाइन्सले चार उडान गर्ने

पोखराबाट भुटान एयरलाइन्सले चार उडान गर्ने
पोखरा, १७ भदौ/ भुटान एयरलाइन्सले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्ने भएको छ । एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो । हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्वपूर्ण योगदान गर्ने आचार्यले बताए । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) ले २०२५… पुरा पढौ

फेवातालमा खसेकी महिलाको सकुशल उद्धार

पोखरा, १७ भदौ/ पोखरा महानगपालिका–६ गौरीघाटस्थित फेवातालमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । महिला मकवानपुर घर भई पोखरा लेकसाइडमा बस्दै आएकी ४५ वर्षीया हिरा नेगी रहेकी छन् । मंगलबार बिहान उनी तालमा रहेको काठको मुढामा अड्किएको बोलाएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट इन्सपेक्टरको कमाण्डमा ५ जना गोताखोरसहितको संयुक्त सुरक्षा फौजले उद्धार गरेको हो । उनको उद्धार पश्चात पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

कास्की रुग्ण आयोजना शुन्य बनाउन अगाडी बढेका छौं -प्रमुख पौडेल

कास्की रुग्ण आयोजना शुन्य बनाउन अगाडी बढेका छौं प्रमुख पौडेल
पोखरा, १७ भदौ/ जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१ ८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक बर्ष २०८२(८३ को कार्ययोजना सार्बजनिक गरेको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर कार्य योजना सार्बजनिक गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधानको मर्म अनुसार प्राप्त अधिकार र स्रोत साधनको अधिनमा रहेर उत्कृष्ट समन्वय र अनुगमनका कार्यलाई प्रभाबकारी बनाउदै लगेको बताउनु भयो । प्रदेश सरकारले वनाउनु पर्ने जिल्ला समन्वय समिति सम्वद्ध कानुनहरु नवनाउनु,प्राकृतिक स्रोत… पुरा पढौ

गोरखामा रात्री बस दुर्घटना

दुर्घटना
गोरखा, १७ भदौ/ गोरखामा रात्री बस दुर्घटना भएको छ । काठमाडौंबाट गोरखा आउदै गरेको रात्री बस भीमसेन थापा गाउँपालिका–३ मा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेशमा दर्ता भएको ४१३१ नम्बरको बस बिहान पौने ६ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन् । पुरा पढौ