प्रमुख समाचार

पोखरामा ढुङ्गा प्रहार गरेर साथीको हत्या, दुई जना पक्राउ

पोखरामा ढुङ्गा प्रहार गरेर साथीको हत्या, दुई जना पक्राउ
पोखरा, २७ मंसिर/ पोखरा महानगरपालिका–१२ ढिकालेथरस्थित शिव मन्दिर नजिक एक जनाको हत्या भएको छ । अनुसन्धानका क्रममा मृतक पोखरा महानगरपालिका १६ स्थायी घर भई रामघाटमा बसोबास गर्दै आएका ६० वर्षीय रमेश सुनार रहेको खुलेको छ । उनको टाउको तथा अनुहारमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न रहेको आरोपमा जिल्ला धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–११ फुलबारी बस्ने ३२ वर्षीय हरिराम बुर्लाकोटी र जिल्ला पाल्पा रामपुर नगरपालिका–४… पुरा पढौ

बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो

बाल प्रतिभा पहिचान महोत्सव सिकाईको थलो
पोखरा / पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ । महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराः सेमीफाइनल समिकरण पुरा

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराः सेमीफाइनल समिकरण पुरा
पोखरा, २५ मंसिर/ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् । सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् । ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनका जियालियाङ… पुरा पढौ

पोखरामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने २ जना पक्राउ

चोरी
पोखरा, २५ मंसिर/ पोखरामा शृङ्खलाबद्ध चोरीमा गर्ने २ जना पक्राउ परेका छन् । कास्की प्रहरी र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्युठान घर भई पोखरा ३ नदिपुर बस्ने २४ वर्षका सुमित थापा र धादिङ घर भई सोही ठाउँ बस्ने २७ वर्षका सुजन परियार रहेका प्रहरीले जानकारी दिएको छ । दुवै जनालाई पोखरा–९ रामघाटबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार, उनीहरुले पोखराका विभिन्न ठाउँमा ४ वटा ठुला चोरीका घटनामा संलग्न भएको खुलेको छ ।… पुरा पढौ

एमालेको पदाधिकारी बन्न गण्डकीका ६ जनाको दौडधुप, केन्द्रीय सदस्यलागि कास्कीबाट को को

एमालेको पदाधिकारी बन्न गण्डकीका ६ जनाको दौडधुप, केन्द्रीय सदस्यलागि कास्कीबाट को को
पोखरा, २५ मंसिर/ नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा गण्डकी प्रदेशबाट एमालेको केन्द्रीय पदाधिकारी एबम केन्द्रीय समितिको सदस्यमा प्रतिनिधित्व गर्न चाहनेहरुले नाम सार्वजनीक गर्न थालेका छन् । गण्डकी प्रदेशबाट नेतृत्वमा दाबी पेस गर्नेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन् । उनले पार्टीको महत्वपूर्ण पद महासचिवको लागि आँफुलाई प्रस्तुत गरेको भएपनि सहज भने देखिएको छैन । महासचिबको लागि प्रदिप ज्ञवाली समेत आकांक्षी भएकोले गुरुङ उपाध्यक्षमा जानुपर्ने अबस्था आउन सक्ने एमालेहरु बताउ छन् । गण्डकी प्रदेशबाट वहालवाला सचिव पद्मा अर्यालले उपमहासचिवको लागि आँफुलाई अगाडी… पुरा पढौ

तरकारी लिन स्याङ्जा जादै गरेको जिप तालचोकमा दुर्घटना

तरकारी लिन स्याङ्जा जादै गरेको जिप लेखनाथस्थित तालचोकमा दुर्घटना
पोखरा, २४ मंसिर / तरकारी लिन स्याङ्जा जादै गरेको एउटा जिप आज बिहानै पोखरा महानगरपालिका २९ को लेखनाथस्थित तालचोकमा दुर्घटना भएको छ। काठमाडौबाट तरकारी लिन स्याङ्जा जादै गरेको गाडी पोखरा २९ तालचोकमा दुर्घटना भएको हो । गाडी बाटोबाट नालमा खसेको छ । मानवीय क्षति भने भएको छैन । पुरा पढौ

संसदीय निर्वाचनका लागि कास्की काग्रेसमा तीन क्षेत्रमा उमेद्वार बन्न कांग्रेसका ६८ जना आकांक्षी

नेपाली कांग्रेस
पोखरा, २४ मंसिर/ फागुन २१ गते संसदीय निर्बाचनका लागि नेपाली काग्रेस कास्कीले आकाक्षीको नाम लिएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले सबै निर्बाचन क्षेत्रस्थित पार्टी समितिलाई प्रतिनिधि सभामा प्रत्यक्षतर्फ र समानुपातिक तर्फको सदस्यको उमेद्वार चयन गरेका छ । कास्कीका तीन वटै निर्वाचन क्षेत्रबाट ६८ जनाले आकाक्षीमा नाम दर्ता गरेका छन् । एउटा निर्वाचन क्षेत्रबाट एक जना महिला सहित तीन जनाको नाम पठाउने छ । कांग्रेस केन्द्रको परिपत्र अनुसार कास्की जिल्लाका तीनवटा निर्बाचन क्षेत्रले आकाक्षीहरुको नाम संकलन गरेको छ । नेपाली… पुरा पढौ

पोखरा विमानस्थल भ्रष्टाचारसम्बन्धी मुद्दाः ५ पूर्वमन्त्री र ९ पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २१ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय विमास्नथल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पाँच पूर्वमन्त्री, ९ पूर्वसचिवहरू सहित ५५ जनालाई मुद्दा चलाएको छ । अख्तियार अनुसन्धान आयोगले पाँच पूर्वमन्त्रीहरु, ९ जना पूर्वसचिवहरू, २ चिनियाँ कम्पनीका प्रतिनिधिसहित ५५ जना र एक चिनियाँ निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो । हालसम्म दायर भएकोमध्ये विगोका दृष्टिकोणले कर फस्र्यौट आयोगको भ्रष्टाचार मुद्दापछि यो दोस्रो ठूलो मुद्दा हो । गतवर्ष संसदको… पुरा पढौ

फिसटेल रेस २०२५ः पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि

फिसटेल रेस २०२५ः पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि
पोखरा, २१ मंसिर / पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् । ‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनेका हुन् । यस्तै महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता… पुरा पढौ

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

भरत कोइराला
पोखरा, २१ मंसिर/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन… पुरा पढौ