अन्तर्वार्ता

शोकलाई सेवामा बदल्दै मदनकाजि श्रेष्ठ, १ करोडको कोष स्थापना

मदनकाजि श्रेष्ठ
रवीन्द्र माकाजू कवि, नाटककार बालकृष्ण समले लेखेका छन्–दुःखीको घरमा मात्र तेरो बास हुने भएहे ईश्वर दया गरी अझ मलाई दुःख दे ।। यस्तै दुःखदायी विभत्स घटना घटेको छ पोखराका एक कर्मठ समाजसेवी मदनकाजि श्रेष्ठका जीवनमा । २०७९ साल माघेसक्रान्तिका दिन श्रेष्ठका परिवारमा ठूलो बज्रपात भयो । छोरा, बुहारी, नातिको एउटै चिहान भयो तर यी सबै परिदृश्यलाई आत्मसात गर्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सभापति श्रेष्ठले दिवगंत भएका छोरा, बुहारी, नातिको स्मृतिमा १ करोडको कोष सहितको प्रतिष्ठान खडा गरेर उनीहरुलाई अमर… पुरा पढौ

रीता पहारी जस्ले श्रीमानको स्मृतिमा पुरस्कार स्थापना गरिन्

रीता न्यौपाने पहारी
रवीन्द्र माकाजू पोखरा ६ बैदाम निवासी रीता न्यौपाने पहारी पोखराले सधैं सम्झनु पर्ने एक आदर्श नारी पात्र हुन् । जसले आफ्ना श्रीमान शिक्षासेवी एवं साहित्यकार हेमराज पहारीको सम्झनामा प्रतिष्ठान मात्रै जन्माइनन् एक लाख रुपैया राशीको साहित्यिक पुरस्कार स्थापना गरिन् । हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेकी छिन् । भनिन्छ– जीवन अनित्य छ, क्षण भंगुर छ अनि अकल्पनीय पनि । यस्तै नियती भोग्नुप¥यो रीता न्यौपानेले । विसं २०६६ साल फाल्गुन १७ गते हेमराज सरको अकल्पनीय एवं अप्रत्यासित रूपमा मृत्यु भयो ।… पुरा पढौ

समाजसेवामा रुद्रकुमारी (मैना) गुरुङ, धर्मकाय बुद्ध मण्डला बनाउन जुट्दै

रुद्रकुमारी (मैना) गुरुङ
रवीन्द्र माकाजूपोखरा हिमाल, वनपाखा, डाँडाकाँडा, नदीनाला, ताल, तलैया सुन्दर र अति मनमोहक हावापानी र हरियाली दृष्टिले मात्र नभई मानव निर्मित मठमन्दिर, गुम्बा, विहार एवं संस्कृतिले समेत पोखरा मनमोहक र लोभलाग्दा छन् । यसै सेरोफेरोमा पोखरामा थप आकर्षकको केन्द्र बनाउन अहोरात्र जुटेकी छिन् धर्मकाय बुद्ध मण्डला तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी (मैना) गुरुङ । तमु धिं नेपालका पूर्व महासचिव पोखरामा एक साहसिक नारीका रूपमा पनि परिचित छिन्– मैना । उनी रोयल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् । धेरै… पुरा पढौ

कलाकारिताका गुरु दुर्गा बराल वात्सायन

दुर्गा बराल वात्सायन
रवीन्द्र माकाजूपोखराका वरिष्ठ कलाकार दुर्गा बराल (वात्सायन) लाई धेरैले पोखराका कलाकारितामा गुरु भनेर चिन्ने गर्दछन् । पोखराका अधिकांश कलाकारद्वारा सम्मानित व्यक्ति हुन् – पोखरेली नवरत्न एवं प्रसिद्ध कार्टुनिष्ट दुर्गा बराल । विसं २००० सालमा पोखराको आर्वामा बराल पिता हरिवंश र माता कलावतीका जेष्ठ सुपुत्र दुर्गाले गाउँकै स्कुलमा ५ कक्षा पूरा गरे । ६ कक्षा पढ्न पोखरा झरे । १० कक्षा सम्म पढ्दा थुप्रै चित्र कोरे किताबमा भएका हात्ति घोडाका चित्रहरु हुबहु कोर्दथे । उनले सुरुका दिनमा कलाकार कृष्णप्रसाद श्रेष्ठले कोरेका… पुरा पढौ

पोखराका पहिलो स्काउट गुरु– हेरम्बप्रसाद कोइराला

हेरम्बप्रसाद कोइराला
रवीन्द्र माकाजू पोखराको पहिलो स्काउट गुरु हुन् – हेरम्बप्रसाद कोइराला । जसले २०१९ सालमा स्काउट तालिम लिएर पोखरामा स्काउटको स्थापना गरेका थिए । किन स्काउट मन प¥यो ? भन्ने प्रश्नको जवाफमा हेरम्ब सरको भनाइ छ– “पहिलो कारण स्काउटले ईश्वर र देशप्रति आस्था राख्न सिकाउँछ ।” हेरम्ब सरलाई स्काउट औधी मन पर्नुमा स्काउट सधैँ विश्वासयोग्य हुनु हो । हेरम्ब सरको विचारमा स्काउट ईश्वर भक्त हुन्छ, साथै समाजका लागि उपयोगि र सहयोगी पनि । सबैका मित्र स्काउटले सधैँ परस्परमा भातृत्व तथा भगिनित्व… पुरा पढौ

पोखराका एसएलसी पास गर्ने पहिलो वीरेन्द्रकुमार

वीरेन्द्रकुमार बाटाजू
रवीन्द्र माकाजु/ पोखरा–८, बगालेटोल निवासी वीरेन्द्रकुमार बाटाजू कास्की जिल्लाबाट एसएलसी पास गर्ने पहिलो व्यक्ति मात्र होइनन् सम्भवत विश्वब्रह्माण्ड घुम्न पाएका पहिलो पोखरेली समेत हुन् । बाटाजूले आफ्ना ती पुराना दिन सम्झँदै भने– २०२४ सालतिर हो म पोखराको हवाइ स्टेशनमा कार्यरत थिएँ । एयर फ्रान्सको रिजनल म्यानेजर रवर्ट रिफिल आफ्ना धर्मपत्नी सहित पोखरा घुम्न आएका रहेछन् । उनी अन्नपूर्ण बेसकयाम्प र पोखरा घुम्न चाहन्थे । मसँग रिफिलले मनको इच्छा पोखे । मैले हार्दिकतापूर्वक उनलाई सहयोग गर्ने ध्येयले २ जना सहयोगी पठाइदिएँ… पुरा पढौ

कलापारखी पूर्व शिक्षक विश्वेश्वर पराजुली

विश्वेश्वर पराजुली
रवीन्द्र माकाजूपोखराको जनप्रिय क्याम्पसको बैठक कक्षमा संरक्षक, संस्थापक एवं दानवीरहरूको लोभलाग्दा तस्विर सजाइएका छन् । तस्बिर हेर्दा लाग्छ बालिहाल्छन् कि जस्ता । तर धेरैलाई यो हेक्का हुँदैन यी चित्रहरु कोर्ने वरिष्ठ चित्रकार को होलान् ?यो प्रश्नको सही उत्तर हो – पोखरा ७ मासबार निवासी पूर्व शिक्षक विश्वेशवर पराजुली । हालको पोखरा २३ चापाकोटमा वि.स. २००९ साल जेठमा जन्मिएका कलाकार पराजुली पेशेवर कलाकार होइनन् । उनको कलायात्रा कसरी शुरु भयो भन्ने प्रश्नमा भन्दछन् – वि.संं. २०३१ साल तिर पोखराबाट प्रकाशित भएको… पुरा पढौ

‘हृदयदेखि हृदयसम्म’ डा. भगवान कोइराला

‘हृदयदेखि हृदयसम्म’ डा. भगवान कोइराला
पोखरा, ९ पुस/ हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो । संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दख्खल थियो होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको… पुरा पढौ

मेरो गाउँमा सपना देखिथ्यो, तर ठूलो सपना देख्न पाइन्नथ्यो केपी शर्मा ओली

केपी शर्मा ओली
तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ?छानेर नि हैन, हैन जानी जानीतर जन्मे नेपालमैमत भाग्यमानीकति भाग्यमानी भर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर बेडमा सुतेका बेला रचना गरेको हुँ ।भाग्यमानीको दुई वटा अर्थ हुन्छ । एउटा भगवानले गरिदिएको, भगवानले बनाइदिएको, भगवानले कमाइदिएको भन्ने । अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको । साह्रै राम्रो संयोग । कुनै सकारात्मक उपलब्धी स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं… पुरा पढौ

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी
गोरखा, १६ मंसिर/ गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी भएको छ । होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित एक हप्ते एड्भान्स कुकिङ तालिमको समापनमा त्यस्तो बताएका हुन् । युएनडीपी अन्तर्गतको सस्टेन्एबल टुरिजम फर लाइभ्लीहुड रिकभरी प्रोजेक्टले सघाएको थियो । तालिमको समापन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको सन्दर्भमा आयोजित तालिमले सकारात्मक सन्देश प्रवाह गरेको बताए । गोरखा जिल्लामा थप होटल र पर्यटकीय पूर्वाधारको विकास गर्न बाँकी नै… पुरा पढौ