कास्की

पोखरा ६ का पूर्व अध्यक्ष पहारीको निधन

पोखरा ६ का पूर्व अध्यक्ष पहारीको निधन
पोखरा, १० माघ/ पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष चुडामणि पहारीको निधन भएको छ । उनकको शुक्रबा चरक हस्पीटल पोखरामा उपचारका क्रममा निधन भएको हो । घरमा ह्दयघात भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्किसले मृत घोषणा गरेका थिए । पहारी २०५४ को स्थानीय निवाचनबाट पोखरा ६ को वडा अध्यक्षमा विजयी भएका थिए । उनको शुक्रबार नै अन्तेष्टि गरिएको छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । पुरा पढौ

पोखराका ब्यबसायी एबम प्रजातन्त्रका सेनानी पालिखेको निधन

पोखराका ब्यबसायी एबम प्रजातन्त्रका सेनानी पालिखेको निधन
पोखरा, २ माघ/ पोखरा, पोखराका पुराना पुस्तक तथा स्टेसनरी ब्यबसायी, प्रजातन्त्रका सेनानी एवं पोखराका अग्रज समाजसेवी कर्णशंकर पालिखेको बुधबार बिहान निधन भएको छ । पोखराको नदीपुर, ज्ञानमार्ग निवासी पालिखेको ९६ वर्षको उमेरमा निधन भएको हो । स्व पालिखेको बुधबार नै पोखराको रामघाटमा अन्त्येष्टि गरिएको थियो । त्यसअघि पालिखे निवास, नदिपुरबाट शुरु भएको शबयात्रामा पोखराका बिभिन्न उद्योगी ब्यबसायी, विभिन्न ब्यबसायिक एबम सामाजिक संघसंस्थाका प्रतिनिधि र राजनीतिक दलका कार्यकर्ताहरु समेत सहभागी रहेका थिए । उनका दुई छोराहरु नरेशशंक पलिखे र दिनेशशंकर पालिखे… पुरा पढौ

admission open motherland secondary school

motherland secondary school
admission open motherland secondary school admission open motherland secondary school पुरा पढौ

शिक्षासेवी टुवराज बास्तोला रहेनन्

टुवराज बास्तोला
पोखरा, ८ असार/ शिक्षासेवीडा। टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ । पोखरा ११ फूलबारीस्थित निवासमा आइतबार मध्यान्ह १२ बजेर ५५ मिनेटमा उनको निधन भएको हो ।सम्पूणानन्दविश्वविद्यालय बनारसबाट संस्कृत साहित्यमा प्रथम श्रेणीमा आचार्य तथा विद्यावारिधि गरेकाडा। बास्तोलाले लामो समय शिक्षासेवामा अर्पण गरेका थिए । वाराही माविमा निरन्तर अध्यापन गरेर सेवानिवृत्त भएका उनी त्यसपछि पनि विभिन्न शैक्षिक, सामाजिक,धार्मिक तथा साहित्यिक संस्थाहरुमा क्रियाशील रहेका थिए । उनी शिव शक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्षहुन् । यसैगरी,लेखनाथ साहित्य… पुरा पढौ

नेपाल रेडक्रस सोसाईटी पोखरा ७ उपशाखाको सभापतिमा सुजन बराल चयन

नेपाल रेडक्रस सोसाईटी पोखरा ७ उपशाखाको सभापतिमा सुजन बराल चयन
पोखरा, २२ मंसिर/ नेपाल रेडक्रस सोसाईटी पोखरा ७ उपशाखाको २१औ वार्षिक साधारण सभा तथा ९औ अधिवेसनले सुजन बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा शारदा गिरी, सचिवमा ध्रुब बराल, कोषाध्यक्षमा कुमार भण्डारी, उपसचिवमा प्रमोद पौडेल, उपकोषाध्यक्षमा विल कुमारी कुमाल चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा अनिल कुमार शाही, शशिकला बराल, प्रभा लक्ष्मी खड्का, दामोदर बराल, परिवेश रेग्मी रहेका छन् । अध्यक्ष सुजन बराललाई निर्वतमान अध्यक्ष भोज बरालले माइनुट प्रदान गरे । निर्वाचीत समितिलाई निर्वाचन संयोजक विष्णुप्रसाद… पुरा पढौ

फिरन्ते टोली मोटरसाइकलमा फेवाताल देखि रारा यात्रामा

फिरन्ते टोली मोटरसाइकलमा फेवाताल देखि रारा यात्रामा
पोखरा, २१ कात्तिक/ पोखराको फिरन्ते टोली मोटरसाइकल र स्कुटरमा पोखराको फेवाताल देखि रारा ताल सम्मको यात्रामा निस्केको छ । यात्रामा ज्येष्ठ नागरिक पोखरा ७ नुवारथोकका ६८ वर्षीय कृष्ण प्रसाद बराल देखि युवा ४२ वर्षका मनोज बराल सम्म छन् । कृष्ण प्रसाद बराल यस अघि स्कुटरमै मेची महाकाली यात्रा गरिसकेका छन् । ५ वटा मोटरसाइकल र २ वटा स्कुटरमा १० जना फेवाताल देखि रारा ताल सम्मका यात्रामा बुधबार निस्केका हुन् । फेवा–रारा यात्रामा निस्कनु अघि पोखरा ७ का वडा अध्यक्ष राममोहन… पुरा पढौ

मंगलबार कास्कीको यी स्थानमा बिहान १० देखी ५ बजे सम्म विद्युत जाने

बिजुली
पोखरा, ७ असोज/ भोलि मिति २०८१/०६/०८ गते मंगलबार ३३/११ के.भी. हेम्जा सबस्टेसनबाट सन्चालित ११ के.भी. धिताल फिडर अन्तर्गतको कालिका मन्दिर (६ नं वडा कार्यालय धिताल) देखि नयाँ गाँउसम्म हाल रहेका ०.०३ कन्डक्टरलाई १०० sq mm कभर कन्डक्टरले फेर्ने कार्यक्रम रहेको हुनाले सो फिडरबाट संचालन भएको सम्पूर्ण स्थानहरूमा बिहान १०:०० बजे देखि साझ ५:०० बजे सम्म बिध्युत सेवा अबरुद्ध हुने ब्यहोरा जानकारी गरिन्छ । ‌सेवा अबरुद्धको लागि समस्त ग्राहक वर्गहरूप्रति क्षमा प्रार्थी छौ । ‌नेपाल विद्युत प्राधिकरण ‌पोखरा वितरण केन्द्र मालेपाटन… पुरा पढौ

श्रीमद् वितक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

श्रीमद् वितक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा
पोखरा, ९ साउन/ एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ । श्रीककृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमी देखि भदौ १० गते भाद्र कृष्ण अष्टमी सम्म श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो । श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा,… पुरा पढौ

लायन्स क्लव लेखनाथ गार्डेनसिटीको खाद्यान्न बितरण र बृक्षरोपण कार्यक्रम

लायन्स क्लव लेखनाथ गार्डेनसिटीको खाद्यान्न बितरण र बृक्षरोपण कार्यक्रम
लेखनाथ, ७ साउन/ लायस क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रममा आइतबार खाद्यान्न बितरण एवं बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रममा रहेका जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण एवं परिसरमा विभिन्न जातका विरुवा रोपण तथा गोडमेल गरेको हो । कार्यक्रमको शुभारंभ गर्दै लायन्स क्लव अफ इन्टरनेशनल ३२५ के अन्र्तगत बृक्षा रोपण कार्यक्रमका प्रमुख भुपेन्द्र गिरीले गार्डेनसिटीले बार्षिक कार्यक्रममै राखेर जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण गर्दै आएको भन्दै प्रसंसा गरे । उनले जेष्ठ नागरिकका लागि राज्यले सम्वोधन गर्न… पुरा पढौ

मादीको काँडेखोलामा ‘डियो स्कुटर’, कस्को हो पत्तो भएन

मादीको काँडेखोलामा ‘डियो स्कुटर’, कस्को हो पत्तो भएन
पोखरा, २३ असार/ मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको मादी गाउँपालिका ४ तारकाङबेशी–भगवती सडकखण्डको काँडेखोलामा स्कुटर फेला परेको छ । काँडेखोलाको पुलमुनि बेवारिसे अवस्थामा ग १०प ९१९३ नम्बरको डियो (निलो रंग) को स्कुटर फेला परेको शिव सापकोटाले सामाजी सञ्जाल फेसबुकमा राखेका छन् । सोही स्थानमा स्कुटरको चाँबी र चप्पल समेत रहेको उनले लेखेका छन् । स्कुट त्यतिकै भेटिएपछि प्रहरीले अहिले चौकीमा लगेर राखेको छ । पुरा पढौ