
बिजुली
पोखरा, ७ असोज/ भोलि मिति २०८१/०६/०८ गते मंगलबार ३३/११ के.भी. हेम्जा सबस्टेसनबाट सन्चालित ११ के.भी. धिताल फिडर अन्तर्गतको कालिका मन्दिर (६ नं वडा कार्यालय धिताल) देखि नयाँ गाँउसम्म हाल रहेका ०.०३ कन्डक्टरलाई १०० sq mm कभर कन्डक्टरले फेर्ने कार्यक्रम रहेको हुनाले सो फिडरबाट संचालन भएको सम्पूर्ण स्थानहरूमा बिहान १०:०० बजे देखि साझ ५:०० बजे सम्म बिध्युत सेवा अबरुद्ध हुने ब्यहोरा जानकारी गरिन्छ ।
सेवा अबरुद्धको लागि समस्त ग्राहक वर्गहरूप्रति क्षमा प्रार्थी छौ ।
नेपाल विद्युत प्राधिकरण
मालेपाटन ।
स्थानहरू: बास्कोट, अस्ताम, खोराको मुख, सैदी, धिताल लगायतका क्षेत्रहरू ।