पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम

-


     क्लिक गण्डकी     
     कार्तिक १२ गते २०८० मा प्रकाशित


पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम

पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम

पोखरा, १३ कात्तिक/ पोखरामा रगत अभाव भएको छ । विरामीको अप्रेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए ।

उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताए । उनले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए ।

रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अभिभावक गृहले पोखरा ५ जिरो किलोमिटरमा सोमबार विहान साढे ७ बजे रक्तदान कार्यक्रम राखेको गृहका अध्यक्ष देबेन्द्र सुबेदीले जानकारी दिए ।

उनले रक्तदान जीवनदान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको बताए ।



Tags: