#रक्तदान

जिरो किमिमा भएको आकस्मिक रक्तदानमा ४० युनिट रगत संकलन

जिरो किमिमा भएको आकस्मिक रक्तदानमा ४० युनिट रगत संकलन
पोखरा, १३ कात्तिक/ पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो । कार्यक्रमका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमै रहेको उनको भनाई थियो । प्रहरी जनताकै सेवाको लागि रहेको हुँदा जनताको सुरक्षाको… पुरा पढौ

पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम

पोखरामा रगत अभाव, सोमबार बिहान जिरो किमिमा रक्तदान कार्यक्रम
पोखरा, १३ कात्तिक/ पोखरामा रगत अभाव भएको छ । विरामीको अप्रेसन र रगत कम भएकाहरुका लागि आवश्यकपर्ने रगत अभाव भएको प्रादेशिक रक्तसंचार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताए । उनले दैनिक पोखरामा ७० युनिट रगत खपत हुने गरेकोमा दशैको बेला रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको बताए । उनले कात्तिक १० र ११ गते रक्तदान कार्यक्रम भएपनि जम्मा ५० युनिट मात्र संकलन भएको बताए । रगत अभावलाई कम गर्न अभिभावक गृहले सोमबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अभिभावक… पुरा पढौ

लायन्स क्बल अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट संकलन

लायन्स क्बल अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट संकलन
पोखरा, ६ असोज/ लायन्स क्लब अफ पोखरा मर्दीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्र सोसाइटी प्रदेश रक्तसंचार सेवा पोखराको प्राविधि सहयोगमा भएको रक्तदान कार्यक्रमा विभिन्न ठाउँबाट आए रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको लायन्स क्लब अफ इन्टरनेसनल डिष्टिक ३२५ एलका डिपाटमेन्ट चिफ ज्ञानेन्द्रराज कोइरालाले मर्दीका अध्यक्ष मनोज कुमार अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरे । उनले रक्तदान महादान भएको भन्दै रक्तदान गर्दा त्यसले अरु विरामीले नयाँ जीवन पाउने बताए । उनले… पुरा पढौ

जन्मदिनमा रक्तदान कार्यक्रम

जन्मदिनमा रक्तदान कार्यक्रम
पोखरा, २५ जेठ/ लायन्स क्लब अफ पोखरा डेस्टीनेशनको आयोजनामा क्लबका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्म दिनको अवसरमा आयोजना गरीदै आएको रक्तदान कार्यक्रमको सातौ कार्यक्रम मेडीप्लस हस्पिटल महेन्द्रपुलमा सम्पन्न भएको छ । बिगत सात वर्ष देखि तिमिल्सिनाको जन्मदीनको अवसरमा जेठ २५ गते आयोजना हुदै आएको रक्तदान कार्यक्रममा ४९ प्रिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताउदै अब निःशुल्क दान गरेको रगत हामीले प्रयोग गर्दा समेत कुनै शुल्क नतीरी प्रयोग गर्न… पुरा पढौ

ल्होसारको अवसरमा पामेमा रक्तदान कार्यक्रम

ल्होसारको अवसरमा पामेमा रक्तदान कार्यक्रम
पोखरा, १५ पुस/ तमु ल्होसारको अवसरमा पोखरा २४ पामेमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पामे बचत तथा ऋण सहकारी संस्था र फेवा क्लबको आयोजनामा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् । रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराको साथ भएको थियो । रक्तदान कार्यक्रमको गण्डकी प्रदेशका सभासद् प्रकाश बरालले उद्घाटन गरे । उनले ग्रामिण क्षेत्रमा भएको रक्तदान कार्यक्रमले रक्तदानको महत्व बुझाउन सहयोगी हुने बताए । पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, फेवा क्लब… पुरा पढौ

एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदानमा १५१ यूनिट रगत संकलन

एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदानमा १५१ यूनिट रगत संकलन
पोखरा, १६ कार्तिक/ एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा आयोजना भएको कार्यक्रममा ३३ महिला सहित १५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट कास्की ३ (२)का प्रदेशसभाका प्रत्यासी उम्मेदवार प्रकाश बराललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरे… पुरा पढौ