एनआरएनए महिला उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

-


     क्लिक गण्डकी     
     असाेज २२ गते २०८० मा प्रकाशित


रोजीना प्रधान राई

रोजीना प्रधान राई

एजेन्सी, २२ असोज/ गैरआवासीय नेपाली संघ (एनआरएनए) २०२३/२५ लागि महिला उपाध्यक्षमा रोजीना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन् ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को ११ औ महाधिवेशनमा महिला उपाध्यक्षमा राईले उमेद्वारी दिने घोषणा गरेकी हुन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा ११औं महाधिवेशन हुँदैछ ।

उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, साना तथा ठूला लगानी प्रवर्द्धन गर्ने, एनआरएनए सीप बैंक लगाएतका कार्यक्रमलाई प्रथामिकता दिने बनाइन् ।

यस्ता छन् उनले गरेका कामहरु

रोजीहिरा फाउण्डेशनकी समेत अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गर्दै आउनु भएको छ । उनले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कयौंपटक आर्थिक र मानवीय सहयोग गर्नु भएको कति लाई जान्कार नहुन सक्छ जो जस्लाई जान्कार छैन यहि पोस्ट बाट पनि अबगत गराउन चाहेको हुँ।

च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष रोजिनाले संस्थागत सुधार र महिला स–शक्ति करणका सवाल अझ घनीभूत रुपमा उठाउने अठोटसहित महिला सचिव पदमा उम्मेदवारी दिनु हो । आफूले बेलायत मा रहेर पनि विभिन्न सामाजिक तथा महिला केन्द्रित संस्थासहित बेलायत एनसीसी हुंदै केन्द्रसम्म निकट रहेर धेरै अनुभव संगालि सक्नु भएको छ। उहाँ लाई हामीले यो पद गुमाउनु नेपाली हरु को लागि ठूलो क्षेती हुनु भन्ने मलाई लाग्छ। उहाँको यो ज्ञान र अनुभव एनआरएनएमार्फत मातृभूमिलाई अझ बढी दिन इच्छुक र दृढ रहेकोले नै आफूले सचिवमा उम्मेदवारी दिएको बताउनु भएको छ।

हजुर हरु लाई अबगत भएकै कुरा हो संघको एघारौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज असोज ३० देखि कार्तिक ३ (१७ देखि २० अक्टोबर २०२३) हुँदैछ । एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध रोजिना ज्यु एनआरएनए यूकेमा उपाध्यक्ष रहंदा धेरै उल्लेखनीय काम गरेर प्रशंसा बटुल्दै आउनु भएको थियो। यति बेला रोजिनाले ज्यु ले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहनु भएको छ ।

बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान नेपाल लगायत विभिन्न संस्थाबाट बाट समेत सम्मान पाई सक्नु भएको छ।

गैरआवसीय नेपाली संघ यूके उपाध्यक्ष हुंदा उहाँ संघसंस्था समन्वय विभाग प्रमुख रहनु भएको थियो । कोभिड लगायत अन्य विभिन्न समस्याहरुका बाबजुद पनि राईले आफ्नो कार्यकालमा एनआरएनए यूकेमा महत्वपूर्ण अभिभारा लिई सक्नु भएको छ । चाहे नागरिकता निरन्तरता सवाल होस्, चाहे पूर्व गोर्खाजहरुको समानताको लडाईं, उनको कार्यशैलीको निकै तारिफ योग्य मैले मात्र हैन हजुर हरु ले समेत देख्नु भएकै हो।

जति बेला कोभिड १९ महामारीपछि बेलायती विश्वविद्यालयमा पढ्न आएका नेपाली विद्यार्थी नराम्ररी प्रभावित हुंदा उनले एनआरएनए यूकेका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरि ति पीडित विद्यार्थीलाई राहत वितरण र आफैंले गास बास प्रवन्ध समेत प्रबन्ध मिलाउनु भएको थियो।

खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय मावि मा लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणकालागि श्रमदान लगायत कार्य मा समेत ठूलो भुमिका निभाउनु भएको थियो । सो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ यस्मा उहाँको ठूलो योगदान रहेको कति लाई अबगत भएकै कुरा हो।

बेलायतस्थित तीनसय भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके छैटौं काउन्सिल बैठकको संयोजक रहनु भएको थियो। बेलायतसहित ५ वटा एनसीसी मिलेर गरिएको युवा परिचालनसम्बन्धि कार्यक्रममा पनि उनको विशेष भूमिका रहेको थियो । राई एनआरएनका राष्ट्रिय–अन्तरराष्ट्रिय हरेक सभा सम्मेलनमा सक्रिय सहभागिता र योगदान गर्दै आउनु भएको छ।

बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले नेपाल र बेलायतमा कयौं व्यवसाय समेत सञ्चालन गर्दै आउनु भएको छ।

रोजीहिरा फाउण्डेशनकी अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत अनगिन्ती परोपकारी कार्य हरु गर्दै आउनु भएको छ । उहाँ ले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कयौंपटक आर्थिक र मानवीय सहयोग गर्दै आउनु भएको छ।

खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय माविमा इ लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, पुर्याउदै आउनु भएको छ।

एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिष्ट्रेसनमा मास्टर्स गरेकी उनी वल्ड नेवा अर्गनाइजेसन, खोटाङ सेवा समाज यूके, एनआरएनए यूके आदि संस्थामा सल्लाहकार समेत रहनु भएको छ।

बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान नेपाल लगायत विभिन्न संस्थाबाट सम्मानित हुँदै आउनु भएका छ ।




Tags: