
उपचारकै क्रममा विरामीको मृत्यु भएपछि पोखराको मणिपाल अस्पतालमा तनाब
पोखरा, ८ असोज/ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा विरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । लमजुङ शुन्दर बजारकी ५७ बर्षीया सुकमाया दुराको उपचारका क्रममा सोमबार मृत्यु भए पछि अस्पतालका स्वास्थ्यकर्मी एवं विद्यार्थी र पिडिताका आफन्त बिच एक झडप हुँदा अस्पतालमा तनाव ग्रस्त बनेको छ ।
आइतबार दिउँसो करिब उपचार गर्न अस्पताल आएकी दुराको सोमबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरे पछि अस्पतालमा विवाद उत्पन्न भएको हो । पिडितका आफन्तले आफै हिडेर आएकी बिरामी एक दिन उपचार गराउदैमा मृत्यु हुने कारण सहित दोषी उपर कारवाहीको माग गर्दा अस्पताल प्रशासनले आफुहरु माथि उल्टै जाई लागेको पिडितका आफन्त नविन लामाले बताए । उपचारकै क्रममा मृत्यु हुने घटनालाई आफुहरुले सत्य तथ्य घटना बारे बुझ्न खोज्दा आफुहरुका ३ जनालाई अस्पताल प्रशासनले बन्धक बनाएको आरोप लगाए ।
लेखमान दुरा, विनय गुरुङ र शिवना गुरुङलाई अस्पतालले बन्दक बनाएका कारण अस्पतालमा थप तनावको अबस्था सृजना भएको लामाले बताए । लमजुङ अस्पतालमा सामान्य उपचार पछि प्रेसर बढी भएको कारण थप उपचारको लागि मणिपाल आएकी सुकमायाको शल्यकृया हुँदा समेत र कुन कुन औषधी दिने भन्ने बिषयमा उनका आफनतहरुसंग विना जानकारी उपचार भएको पिडितले गुनासो गरेका छन्।
अस्पताल भित्र अस्पतालकै स्वास्थ्यकर्मी एवं बिद्यार्थी र पिडितका आफन्तहरु बिच सोमबार साँझ देखि यो समाचार तयार पर्दासम्म एक आफसमा भनाभन हुदै पानीका वोतलले एक आपसमा हानाहान भएको थियो ।
अस्पतालका स्वास्थ्यकर्मी तथा विद्यार्थी र पिडित बिच झडप हुदा अस्पतालमा उपचार गर्न पुगेका विरामी तथा उनका कुरुवाहरु समेत त्रसित भएका छन् । पोखरा ५ मालेपाटनका ३४ बर्षका विनय गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताए । सिसि क्यामरा फुटेजका आधारमा उनले अस्पतालका चिकित्सक माथि हातपात गरेको प्रहरीको भनाई छ ।





