पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित

-


     क्लिक गण्डकी     
     असाेज ६ गते २०८० मा प्रकाशित


पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बाशुदेव मिश्र सम्मानित

पोखरा उद्योग वाणिज्य सँग आर्थिक पत्रकारिता पुरस्कारबाट बाशुदेव मिश्र सम्मानित

पोखरा, ६ असोज/ पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट बासुदेव मिश्र सम्मानित भएका छन् । पोखरा उद्योग वाणिज्य संघ प्रत्येक २/२ वर्षमा प्रदान गर्दै आएको पुरस्कारको राशी २५ हजार रुपैयाँ, दोसल्ला र प्रमाण पत्र रहेको छ ।

मिश्रलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा उद्योग वाणिज्य संघ पवनकुमार प्रजापति र नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले सम्मान गरे । पोखरा उद्योग वाणिज्य संघको साधारण सभाको अवसरमा सम्मान गरेको हो ।

दुई दशक भन्दा लामो सक्रिय पत्रकारितामा रहेका मिश्र प्रेस युनियनको अध्यक्ष नेपाल खबर र ढोरबापाट दैनकमा कार्यरत छन् । मिश्र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशबाट यस अघि सम्मानित भएका थिए ।

उनी नेपाल पत्रकार महासंघ कास्की द्वारा सञ्चालित स्वर्गीय गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार र सुशासनका लागि नागरिक समाज (सुनास) ले प्रदान गर्ने सुशासन पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट पुरस्किृत भइसकेका छन् ।



Tags: