फोटो पत्रकार राम गुरुङलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार

-


     क्लिक गण्डकी     
     भाद्र ३ गते २०८० मा प्रकाशित


फोटो पत्रकार राम गुरुङलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार

फोटो पत्रकार राम गुरुङलाई राष्ट्रिय फोटोग्राफी पुरस्कार

पोखरा, ३ भदौ/ फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई सम्मान प्रदान गरिएको हो ।

उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटो पत्रकारीमा लामो समयदेखी संलग्न छन् । सम्मानित हुँदै गुरुङले फोटोग्राफर संघ आस्था र विस्वासको संस्था रहेको बताए । उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै भएको सुनाए ।

फोटोपत्रकार हुनका लागि पहिला फोटोग्राफर बन्नुपर्ने भएपनि पछिल्लो समय सिदै फोटोपत्रकार बन्दा चुनौती थपिएको उनको भनाई छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले फोटोग्राफी विधा आजको निकै आवश्यकता भएको बताए ।

फोटोग्राफि विधा अन्य विधाको तुलनामा तिब्र गतिमा परिवर्तन भइरहेको बताए । विश्वमा अनौठा प्रविधिहरु आएको सुनाउँदै उनले अहिले आर्टिफिसियल प्रविधिमा प्रवेश गरिसकेको धारणा राखे ।



Tags: