बक्सिङमा पदक ल्याएर इतिहास दोहो¥याउनु पर्नेः सदस्य सचिव घिसिङ

-


     क्लिक गण्डकी     
     श्रावण ३ गते २०८० मा प्रकाशित


बक्सिङमा पदक ल्याएर इतिहास दोहो¥याउनु पर्नेः सदस्य सचिव घिसिङ

बक्सिङमा पदक ल्याएर इतिहास दोहो¥याउनु पर्नेः सदस्य सचिव घिसिङ

पोखरा, ३ साउन/ राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बक्सि खेललाई पुरानै अवस्थामा पु¥याउनु पर्ने बताएका छन् ।

नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बक्सिङको ईतिहास दोहो¥याउन निरन्तरताले मात्र नपुग्ने भन्दै खेल विकासमा पहिलेको जस्तै सफलता आवश्यकता रहेको बताए । उनले नेपालले ओलम्पिकमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो ईतिहास बनाएको भएपनि पछिल्लो समय त्यो ईतिहास दोहो¥याउन नसकेको बताए ।

सदस्य सचिव घिसिङले अन्र्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने तर आफूलाई परिणाम भने चाहिने बताए । अहिलेदेखि नै ओलम्पिकको तयारी थाल्न निर्देशन दिए । उनले खेल संघहरु साधारण सभा र अधिबेशन नगर्ने गरेको भन्दै सबै सघंहरुलाई साधारण सभा तथा अधिबेशनहरु गर्न निर्देशन दिए ।

सदस्य सचिव घिसिङले खेलको विकासका लागि नेतृत्वमा हानथाप मात्र नगरी कार्ययोजनासहित अगाडी बढ्नु पर्ने बताए ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले खेलाडी उत्पादनका लागि खेल संघहरुमा स्थायीत्व हुन जरुरी रहेको बताए । नेपाल ओलम्पिक कमिटीका सह महासचिव पिताम्बर तिमिल्सिनाले पहिलेको चार्मिङ फर्काउनुपर्ने चुनौतिपूर्ण अवस्थामा बक्सिङ संघ रहेको बताए । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङलाई नँया उचाईमा पु¥याउन आफू नेतृत्वको समिति दिनरात लागि परेको बताए ।

पोखरामा बुधबार सम्पन्न हुने नेपाल बक्सिङ संघको अधिवेशनले नँया नेतृत्वसमेत चयन गर्ने छ । साधारण सभाको अवसरमा बरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई सम्मान गरिएको थियो । खेलाडीहुँदै बरिष्ठ प्रशिक्षकसम्म भएर मर्सानीले बक्सिङमा पु¥याएको योगदानको कदर गर्दै खेलकुद पत्रकार मञ्च गण्डकीले लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित भएकोमा बधाईसहित बक्सिङ संघले सम्मान गरेको हो ।



Tags: