पोखरा–नेपालगञ्ज उडान पुनः सुरु हुँदै

-


     क्लिक गण्डकी     
     भाद्र ४ गते २०८३ मा प्रकाशित


बुद्ध एयर

बुद्ध एयर

पोखरा, ४ भदौ/ नेपालगञ्ज–नेपालगञ्ज नियमित हवाई सेवा भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि पोखरा –नेपालगञ्ज उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर पोखराका प्रमुख गौतमले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्न लागेको जानकारी दिए ।

भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको उनले बताए ।

तालिका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ । त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ । नाट्टको प्रयासमा २०७८ सालबाट सातामा तीन दिन पोखरा नेपालगञ्ज उडान सुरु गरिएको थियो ।