पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास

-


     क्लिक गण्डकी     
     श्रावण २ गते २०८० मा प्रकाशित


पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास

पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास

पोखरा, २ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७ महिनापछि हवाई इन्धन डिपोको निर्माण सुरु भएको छ । अग्रेजी नयाँ वर्ष अथार्त गतवर्ष पुस १७ बाट सञ्चालनमा आएको विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले डिपोको शिलन्यास गरे । ३६ लाख लिटर हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिने योजना रहेको नेपाल आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । विमानस्थल परिसरभित्र डिपो नहुदा पोखरा विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ । अब भने यो हवाई इन्धन भण्डारण बनेपछि झन्झटबाट मुक्त मन्त्री रिजालले बताए ।

नयाँ बन्ने डिपोमा १२ सय किलोलिटरका ३ वटा ट्यांकी रहने निगम छन् । इन्धन डिपो ७७ करोड २९ लाख लगानीमा बन्न लागेको हो । डिपो निर्माण गर्न भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् । काम सुरु भएको १ वर्षमा डिपो निर्माण गर्ने गरी सम्झौता भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए ।

हवाई इन्धन डिपो निर्माण गर्न निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको छ । हाल विमानस्थलमा दैनिक २० देखि २५ हजार लिटर हवाई इन्धन खपत हुने गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । गत असार ६ गते पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको थियो ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज आउजाउ गर्न सक्नेछन् । करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा २ हजार ५ सय मिटर लामा धावन मार्ग ४५ मिटर चौडाइ र ३४ सेन्टिमिटर मोटाइको छ ।

निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ । नेपालमा रहेका २९ विमानस्थल मध्ये नौ वटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे गर्ने गरेको छ । २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैनन् ।



Tags: