
पोखरा नेपाली नयाँ वर्षको भव्य स्वागत
पर्यटकीय नगरी पोखरामा विक्रम सम्बद २०७९ को बिदाइ र २०८० को स्वागत भब्यरुपमा गरिएको छ । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे । स्वागतमा गरिएका विभिन्न कार्यक्रमको दृश्य हेर्न लाएक थियो । ठाउँ ठाउँमा भजन, पन्चेबाजामा युवाहरु झुमे ।
२०७९ साललाई विदाइ गर्दै नयाँ वर्ष २०८० को स्वागत कतै आतास बाजी त कतै सांगितीक कार्याक्रमले स्वागत गरे । पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका कार्यक्रममा नयाँ बर्ष मनाउन भेला भएका मानिसहरु संगितको तालमा झुम्दै आफ्ना साथीहरु सँग नयाँ बर्षको शुभकामना दिए । उता आकासमा आतिस बाजिले पोखराको रात्री माहौललाई अझ झिलीमिलि बनाइरहेको थियो ।
आफ्ना परिवार, साथी संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ बर्षको स्वागत गर्ने प्रमुख गन्तब्य नै बनेको पोखरा । अंग्रेजी होस् या नेपाली नयाबर्ष पोखरा सबैको पहिलो रोजाइमा पर्छ । पोखराको लेकसाइडमा नयाँ बर्षलाई लक्षित गरि विभिन्न कार्यक्रम हुदै आएका छन् । नेपाली नयाँ वर्षमा पश्चिमाञ्चल होटल संघले पोखराको नयाँ वर्षमा महोत्सव गर्दै आएको छ । स्वदेसी र बिदेशी पर्यटकहरु पोखरामा नयाँ बर्ष मनाउन महोत्सव सहयोगी बनेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुबेदीले बताए ।
मध्यरातमा कसैले सडकबाटै तथा कसैले मञ्चमा गाउँदै गरेका कलाकारहरुसंग नाच गान गर्दै नयाँ वर्षको स्वागत गरे । पोखराको लेकसाइड र आसपासका क्षेत्रमा साना ठुला गरि करिब १ हजार २ सय होटलहरु भरिभरा छन् । सबैले पिडा भुलेर नयाँ संकल्प, नयाँ उद्देश्य र नयाँ उर्जाका साथ पोखरामा नयाँ बर्ष २०८० को भब्य स्वागत गरे । पोखरामा नयाँ वर्षका अवसरमा शुक्रबार र शनिबार पनि विभिन्न कार्यक्रमहरु रहेका छन् ।





