
शव
तनहुँ, १२ चैत/ तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा आइतबार बिहान शव भेटिएको छ । मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पानी ट्याङ्कीमा शव फेला परेको बताउदै जिल्ला प्रहरी कार्यालयका तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले अनुसन्धान शुरु गरेको बताए । उनले मृतकको पहिचान खुल्न नसकेको बताए ।





