पीएन क्याम्पस पोखरामा चैत २ गते सम्म स्ववियु निर्वाचन गतिविधि रोक्न आदेश

-


     क्लिक गण्डकी     
     फागुन २८ गते २०७९ मा प्रकाशित


पीएन क्याम्पस पोखरामा चैत २ गते सम्म स्ववियु निर्वाचन गतिविधि रोक्न आदेश

पीएन क्याम्पस पोखरामा चैत २ गते सम्म स्ववियु निर्वाचन गतिविधि रोक्न आदेश

पोखरा, २८ फागुन/ उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पस पोखरालाई चैत २ गते सम्म स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले आइतबार दर्ता भएका संगठनको नामको विषयलाई लिएर परेको रिटमाथि अन्तरिम आदेश नआउँदासम्म कुनै गतिविधि नगर्न आदेश दिएको हो ।

दीपसन गुरुङ, विप्लवी न्यौपाने लगायत विद्यार्थीले स्ववियु चुनावमा भाग लिन स्वतन्त्र विद्यार्थी समूह बनाएर संगठन दर्ता गराएका थिए । उक्त क्याम्पसमा मतदाता झुक्किने गरेर अनेरास्ववियु र नेविसंघले डमी संगठन दर्ता गराएका थिए । पछि निर्वाचन अधिकृतको कार्यालयले त्यस्ता सबै नाम परिवर्तन गर्दा गुरुङ, न्यौपानेको संगठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो ।

त्यसपछि पुरानै नाम कायम गरिदिन माग गर्दै न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा फागुन २६ गते रिट हालेकी थिइन् । उनले पुरानै नाम कायम गरिदिन क्याम्पसलाई विपक्षी बनाएर अन्तरिम आदेश मागेकी थिइन् । अल्पकालीन आदेश दिएर उच्चले दुवै पक्षसँग छलफल गर्न २ चैतमा अर्को पेसी तोकेको छ ।



Tags: