
विमान दुर्घटनाः दिवंगतको ४५ दिनको पुण्य तिथीमा विषेश धार्मिक पुजा
पोखरा, १७ फागुन/ यति एयर लाइन्सको विमान दुर्घटनामा दिवंगत हुनुभएका महानुभावहरुको ४५ दिनको पुण्य तिथीमा विषेश धार्मीक कार्यक्रम गरिएको छ ।
पोखरा महानगरपालिकाको आयोजना तथा मुक्तिनाथ सन्त सेवा आश्रम र राष्ट्रिय परोकार महासंघको व्यवस्थापनमा दुर्घट्ना स्थलको पुर्वी मोहडा वडा ७ को भागमा विशेष धार्मीक कृत्य सम्पन्न गरिएको हो ।
अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज जिको विशेष उपस्थितीमा दिवंगत आत्माहरुको मुक्तिका लागि विशेष कार्यक्रम गरिएको हो । दिवंगत आत्माहरुको मुक्तिको लागि, उद्धारको लागि र कल्याणको लागि र शोक सन्तप्त परिवारजनहरुमा शान्ति रहोस् भनेर भगवानसंग विन्ति गर्ने प्रार्थना गर्ने कार्य गरिएको हो ।
१०८ जना गुरुहरुबाट पारायण सहित १८ पुराण, उपनिषदहरु, गिता, रामायण, महाभारत आदि पाठपारायण गरि दिवंगत आत्माहरुको स्मृति र प्रार्थना गरिएको हो ।
कर्कलाको पातमा अडिएको पानीको थोपा जस्तै मानव जिवनले कुन बेला के भोग्नु पर्छ भन्ने कुराको टुंगो नभएको बताउनुभएका मुक्तिनाथ बाबाले यस्ता प्रकारका दुखहरु संसारका कुनै पनि मानिसहरुलाई आइनपरोस् भन्ने कामना समेत गर्नुभयो ।
स्वस्ती बाचन मंगलाचरणबाट सुरु गरिएको कार्यक्रम शास्त्र पारायण र भागवान नाम संर्कितन सहित समापन गरिएको हो ।
कार्यक्रममा पोखरा स्थित विभिन्न सामाजिक संघ संस्थाहरु, धार्मीक संघ संस्थाहरु, वेद विद्याश्रम, गुरुकुल, संस्कृत विद्यापिठहरु लगायत सुभेच्छुकहरुको सहभागीता रहेको थियो ।





