
यु–१९ क्रिकेट टोली पोखरामा प्रशिक्षणमा व्यस्त
पोखरा, २ फागुन/ फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोली पोखरामा प्रशिक्षणमा व्यस्त छ । नेपालले फेब्रुअरी २४ बाट विश्वकपमा छनोटका लागि एशिया क्षेत्रबाट क्वाईफाईङ खेल्दै छ । करिब दुई हप्ताको पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण पछि टोली काठमाडौ फर्किने छ । टोलीलाई प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिइरहेका छन् ।
पोखरामा क्रिकेट पीच र आउट फिल्ड मात्रै राम्रो भएको र सबैको सहयोग पाएका कारण प्रशिक्षण राम्रो रहेको उनले बताए । पोखराबाट फर्किएपछि काठमाडौंमा केही दिन प्रशिक्षण गरेर छनोट खेल्न जान उनले बताए । टिममा अधिंकास नयाँ खेलाडी भएका कारण उत्साहका साथ खेलमा उत्रिने उनले बताए । नेपाल यु–१९ मा २०१६ पछि विश्वकपमा छनौट हुन नसकेको बताउद प्रशिक्षक टमटाले अहिले उत्कृष्ट हुदै छनोट हुने विश्वस व्यक्त गरे ।
फेब्रुअरी २४ नेपालले तारिखमा सिंगापुरसँग खेल्ने छ भने २५ तारिखमा कुवेतसँग खेल्ने छ । २६ तारिखमा टोलीले आराम पाउने छ । २७ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्ने छ । २८ मा मलेसिया र २ मार्चमा युएईसँग खेल्ने छ । ६ टिम बीचको प्रतिस्पर्धामा शीर्षस्थानमा रहने एक टोलीले यु–१९ विश्वकपमा छनौट हुनेछ । प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।
टोलीमा सिनियर टोलीबाट खेलिसकेका देव खनाल, गुलशन झा सहित टिममा दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन् । वैकल्पिक खेलाडीहरूमा प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन् ।





