अमेरीकाको कोलोराडोमा एक नेपालीको हत्या

-


     क्लिक गण्डकी     
     पौष २४ गते २०७९ मा प्रकाशित


भेषराज लामिछाने

भेषराज लामिछाने

एजेन्सी, २४ कोलोराडो अमेरिका/ अमेरिकाको कोलोराडोमा एक नेपालीको बिहीबार राति ८ बजे आफ्नै स्टोरमा काम गर्दै गर्दा एक बन्दुकधारीद्धारा गोली हानी हत्या गरिएको छ ।

कोलोराडोस्थित हुईट्रिजमा भलेरो ग्यासस्टोर संचालन गर्दै आएका ५३ वर्षीय भेषराज लामिछानेको स्टोरभित्रै गोलीहानी हत्या भएको हुईट्रिज पुलिसले जानकारी दिएको छ ।

नेपालमा तनहुँ जिल्ला घर दमौलीका लामिछाने सन् २०१४ मा डिभीमार्फत अमेरिका पुगेका थिए । लामिछाने चार छोराछोरी र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए ।

उनलाई गोलीहानी हत्या गरेपछि उनैको गाडी लिएर भागेका २६ वर्षीय एक अफ्रिकन अमेरीकनलाई शुक्रबार बिहान इन्डिअना स्टेटमा पक्राउ गरेको छ । घरमा कमाउने भेषराज मात्र थिए । उनको हत्या पछि घरमा कमाउने कोही नभएको बताइन्छ ।

नको दाहसंस्कार तथा परिवारलाई सहयोग जुटाउन गोफण्ड मी खोलिएको छ । गोफण्ड मीमा यथासक्य सहयोग गरिदिनु हुन कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, समाजसेवी, गन्यमान्यहरुले सार्वजानिक रुपमा सबैलाई अनुरोध गरेका छन् ।