
आहा रारामा मनाङ मस्र्याङ्दीलाई हराउदै अमेरिकी क्लब सेमिफाइनलमा
पोखरा, १९ पुस/ आहा रारा पोखरा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै बिवाईएससी मिनेसोटा अमेरिका सेमिफाइलनमा प्रबेश गरेको छ ।
६ पटकको आहा राराको विजेता मनाङ मस्र्याङ्दीलाई बिवाईएससी मिनेसोटा अमेरिकाले १–० गोलमा पराजित ग¥यो । आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ बाहिरीयो ।
पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल पुग्यो ।
अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको छ ।
२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको बुधबार पहिलो सेमिफाईनल खेल सशस्त्र प्रहरी बल(एपीएफ) र संकटा क्लब बीच हुने छ । सशस्त्र र संकटा दुवै एक/ एक पटकको आहा रारा गोल्डकपका च्याम्पियन समेत हुन् ।





