
सुरेन्द्र पाण्डे
पोखरा, १३ पुस/ नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले १८ मत प्राप्त गरे भने प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए । एक मत बदर भएको छ ।
संस्थापन पक्षबाट उम्मेदार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए । संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए ।
गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको थियो ।





