जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षतामा विजुक्छे विजयी

-

     क्लिक गण्डकी     
     पौष ५ गते २०७९ मा प्रकाशित

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षतामा विजुक्छे विजयी

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षतामा विजुक्छे विजयी

पोखरा, ५ पुस/ पोखराको जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् ।
मंगलबार भएको मतदानमा बिजुक्छेले २ सय ६९ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी सोमनाथ बरालले १ सय ४४ मत प्राप्त गरे ।

त्यसै गरी ध्रुव चालिसे, विजय आचार्य, राजेन्द्र पहारी, नम्रता बराल, गणेशबहादुर अधिकारी, रंगीला आचार्य, शोभामोहन पौडेल, अर्जुन श्रेष्ठ, ईन्द्रप्रसाद पौडेल, कृष्ण तिमिल्सिना र युवराज पराजुली चयन भएका छन् । जनप्रिय विश्वविद्यालय अनुदान आयोगबाट क्युएए मान्यता प्राप्त क्याम्पस हो ।

Tags: ,