
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २६ मंसिर/ पोखरा अन्तराष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षबाट उडानका तयारी हुदाँ रहदा विभिन्न एयरलाइन्सले उडानका लागि चासो देखाएका छन् । अन्तर्राष्ट्रिय उठानका लागि नेपाली हवाइ कम्पनी उडानका तयारी गर्दा र विदेशी हवाइ कम्पनीले चासो देखाएका छन् ।
विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइएयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलबाट नेपाली विमान कम्पनीहरु बुद्ध एअर र हिमालय एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन् ।
विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी रहेको छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता रहेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ ।
पोखरा विमानस्थलबाट बुद्ध एअरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ ।





