
भिम कार्की
पोखरा, ७ मंसिर/ कास्की २ क मा प्रदेशसभामा नेकपा एमालेका भिमबहादुर कार्की विजयी भएका छन् । उनले निकटम प्रतिद्धन्दी राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी बने ।
कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे । सत्ता गठबन्धका तर्फबाट नेकपा माओवादीका विश्वप्रकास लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे ।
यो क्षेत्रमा २६ हाजर १ सय २५ मत खसेको थियो । त्यस मध्ये ९ सय २५ मत बदर भएको थियो ।





