
मतगणना
पोखरा, ५ मंसिर/ पोखरा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना शुरु भएको छ । कास्की ३ प्रतिनिधि सभा र प्रदेशसभा ३ क को प्रत्येक्ष र समानसपातिक तर्फको गणना भइरहेको छ ।
कास्की ३ मा १ लाख १ हजार ७ सय १५ रहेकोमा ६१ हजार ४ सय १४ मतदान गरेका छन् । ३ क मा २९ हजार ७ सय ८३ र ३ ख मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् ।
कास्की ३ मा नेकपा एमालेबाट दामोदर पौडेल बैरागी, नेकपा माओवादीबाट रामजीप्रसाद बराल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट योगराज पौडेल सहित १५ जना उमेद्वार रहेका छन् ।
कास्की ३ क बाट नेकपा एमालेबाट गणेश गुरुङ, नेकपा माओवादीबाट दुर्गादत्त भण्डारी उमेद्वार रहेका छन् । त्यसै गरी कास्की ३ ख बाट नेकपा एमालेबाट राजिब पहारी र नेपाली काग्रेसबाट प्रकाश बराल सहित चुनावी मैदानमा छन् ।





