
एभरेस्ट एफ एमद्वारा आकस्मिक रक्तदानमा १५१ यूनिट रगत संकलन
पोखरा, १६ कार्तिक/ एभरेस्ट मिडिया हाउसले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ यूनिट रगत संकलन भएको छ ।
विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पुरा गर्न क्षेत्रीय रक्तसञ्चार केन्द्रको अनुरोधमा एभरेस्ट मिडिया हाउसद्वारा आयोजना भएको कार्यक्रममा ३३ महिला सहित १५१ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञावलीले पहिलो रक्तदाता पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट कास्की ३ (२)का प्रदेशसभाका प्रत्यासी उम्मेदवार प्रकाश बराललाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४ नम्वर मुक्तिनाथ बाहिनी, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी, भि.ए.डब्ल्यू , सञ्चारिका समुह, पि.राज ट्रेडर्स, वल्र्ड भिजन, नेपाल यातायत स्वतन्त्र मजुदर संगठन, जिफण्ट, होटल दिदी लगायतले संस्थागत सहभागिता जनाएको मिडिया हाउसका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमलाई सफल बनाउन आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल प्रा.लि. पोखरा–११ , समाजसेवी विजय गुरुङ पृथ्वीचोक, बाम्बो क्याटरिङ सर्भिसले सहयोग पु¥यएको एफएमका मार्केटिङ डाइरेक्टर भोला कुमार श्रेष्ठले जानकारी दिए ।
एफ एम का अध्यक्ष कर्मकुमारी गुरुङले रक्तदाता र सहयोगी सबैलाई धन्यबाद ज्ञापन गर्दै आगामि दिनमा पनि यस्तै सहयोग र समसाथको अपेक्षा राखिन् ।





