पोखरामा ‘बोल्डर ब्लास्ट सिरिज–४’ अर्णवमान र मनिषा च्याम्पियन

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०८३ मा प्रकाशित


पोखरामा ‘बोल्डर ब्लास्ट सिरिज–४’ अर्णवमान र मनिषा च्याम्पियन

पोखरामा ‘बोल्डर ब्लास्ट सिरिज–४’ अर्णवमान र मनिषा च्याम्पियन

पोखरा, ७ मंसिर/ पोखरामा आयोजना भएको ‘बोल्डर ब्लास्ट सिरिज–४’ आरोहण प्रतियोगितामा पुरुषतर्फ अर्णवमान शेरचन र महिलातर्फ मनिषा बुढा मगर च्याम्पियन बनेका छन्।

पोखरास्थित वेस्ट इन्डोर स्पोर्ट हबमा भउको दुईदिने प्रतियोगितामा उनीहरुले उपाधि जितेका हुन् । पुरुषतर्फ अर्णवमान शेरचन प्रथम, अलेक्जेन्डर डोर्नेमान दोस्रो र तेन्जिन बर्टिन राई तेस्रो भए। महिलातर्फ मनिषा बुढा मगर प्रथम, याङ्किला शेर्पा दोस्रो र राबिका धिमान महर्जन तेस्रो भएन् ।

प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका विजेताले प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र प्राप्त गरे। फाइनलमा पुरुषतर्फ आठ र महिलातर्फ ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा नेपाल राष्ट्रिय क्लाइम्बिङ च्याम्पियन २०२६ रौनक उप्रेतीले प्रमुख रुट सेटर तथा निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगिताको

साहसिक पर्यटनको गन्तव्य पोखरामा स्पोर्ट क्लाइम्बिङको विकास, नयाँ प्रतिभाको पहिचान र खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थापक सिद्धार्थ केसीले बताए।

प्रतियोगिताले पोखरामा स्पोर्ट क्लाइम्बिङको प्रवर्द्धन र पर्यटक गतिविधि बढाउन सहयोगि भएको उनको भनाई छ ।