
पोखरामा सार्वजनिक भयो जेएमईभी, लन्चकै दिनमा ८१ गाडी बुकिङ
पोखरा, १६ कात्तिक/ सीजी मोटर्सले ‘टीटी ईभी रिभोलुसन’ अभियान अन्तर्गत नयाँ विद्युतीय ह्याचब्याक जेएमईभी ईभी३ पोखरामा सार्वजनिक गरेको छ।
सार्वजतिक कार्यक्रममा ग्राहकको उत्साहजनक सहभागिता देखिएको थियो। सार्वजनिक भएकै दिन ९ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ भने ८१ वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ ।
‘डिजाइन्ड फर मोर, ड्रिभन बाई इनोभेसन’ अवधारणामा आधारित जेएमईभी ईभी३ को सुरुवाती मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। गाडीमा ३०.२४ किलोवाट आवर क्षमताको ब्याट्री र ५० किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ। एकपटक पूर्ण चार्ज गर्दा ३३० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ।
गाडीमा आईपी ६८ रेटिङयुक्त ब्याट्री, ताररहित चार्जिङ, ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा तथा ८६.५९ प्रतिशत स्पेस एफिसियन्सी लगायतका विशेषता रहेको कम्पनीका पोखरा सञ्चालक परमेश्वर पराजुलीले जानकारी दिए ।
लन्चको अवसरमा सीजी मोटर्सले विशेष सामूहिक बुकिङ अफर समेत सार्वजनिक गरेको छ। यसअन्तर्गत एकैपटक पाँचवटा जेएमईभी ईभी३ बुकिङ गर्दा एक लाख रुपैयाँ छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
आधुनिक डिजाइन, स्मार्ट प्रविधि र प्रतिस्पर्धात्मक मूल्यसहित बजारमा आएको जेएमईभी ईभी३ ले नेपाली विद्युतीय सवारी बजारमा अर्को विकल्प थपेको छ। यस गाडीमार्फत किफायती तथा प्रविधिमैत्री विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ।







