टान गण्डकीको अध्यक्षमा तिर्थराज सुबेदी निर्वाचीत

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०८३ मा प्रकाशित


टान गण्डकीको अध्यक्षमा तिर्थराज सुबेदी निर्वाचीत

टान गण्डकीको अध्यक्षमा तिर्थराज सुबेदी निर्वाचीत

पोखरा, २८ असोज/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तिर्थराज सुबेदी निर्वाचीत भएका छन् । टान गण्डकीको ३३ औँ वार्षिक साधारण सभा एवं १९ औँ अधिवेशनले सुबेदीको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको निर्वतमान अध्यक्षमा कृष्ण आचार्य, प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा गोपालकृष्ण सिग्देल, सचिवमा भूपेन्द्रकुमार लामा, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल निर्वाचीत भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा बलराम दाहाल, भूपेन्द्र गौतम, अजय राज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल निविरोध निर्वाचीत भएको निर्वाचन समितिका संयोजक डम्बरबहादुर केसीले जानकारी दिए ।



Tags: