पोखराको रामघाटमा सेती नदी थुनिएर ताल

-


     क्लिक गण्डकी     
     असाेज १० गते २०८३ मा प्रकाशित


पोखराको रामघाटमा सेती नदी थुनिएर ताल तस्बिर- सञ्जय शाक्य

पोखराको रामघाटमा सेती नदी थुनिएर ताल तस्बिर- सञ्जय शाक्य

पोखरा, १० असोज/ निरन्तर वर्षाका कारण पोखराको रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ । वर्षाका कारण पोखरा ९ र १० मा पर्ने रामघाट क्षेत्रमा ताल बनेको हो ।

नदीको पानीको निकास हुने ठाउँमा साघुरो हुदाँ प्रत्येक वर्ष रामघाटमा ताल बन्ने गरेको छ । पोखरा मध्य भागबाट बग्ने सेती नदी रामघाटमा आउदा केही फराकीलो ठाउँ छ ।

त्यहाँ सेती नदी थुनिएर ताल बनेको छ । रामघाटमा ताल बनेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन कास्की प्रशासनले आग्रह गरेको छ ।

केही वर्ष पहिले पोखरा १० रामघाटमा रहेको सुकुम्बासी बस्ती नै डुवानमा परेपछि त्यहाँबाट सुकुम्बासी हटाइएको थियो । त्यस यता त्यती ठुलो पानी नआएपनि वर्षेनी ताल बन्ने गरेको स्थानीय बताउ छन् ।