
अनेरास्ववियु कास्कीको अध्यक्षमा झोलानाथ पराजुली
पोखरा, १५ साउन/ अनेरास्ववियु कास्कीको अध्यक्षमा भोलानाथ पराजुली (एलेक्स) निर्वाचीत भएका छन् । अनेरास्ववियु कास्कीको २४ औं जिल्ला अधिबेसनले पराजुलीको अध्यक्षतामा १७ सदस्य नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा तीन जना विजय अधिकारी, सुर्दशन तामाङ, एलिसा भट्टराई निर्वाचीत भए । सचिबमा धर्मराज आचार्य (शेखर) र कोषाध्यक्षमा विवेक लामिछाने निर्वाचीत भए ।
तीन जना सहसचिबमा दिपेश पौडेल, नर्मता दाहाल र राजेन्द्र आचार्य निर्वाचीत भएका छन् । समितिको सदस्यहरुमा पुकार पौडेल, आरती भण्डारी, अग्रसर लामिछाने, आषिश पाण्डे, सिद्धान्त बोटे, विजल न्यौपाने, सन्दिप दाहाल र निशान थापा निर्वाचत भएका छन् ।





