पोखरा अन्तराष्ट्रिय विमानस्थल भ्रष्ट्राचार आरोपमा पूर्वमहानिर्देशक सञ्जीव गौतम कारागार चलान

-


     क्लिक गण्डकी     
     असार ३ गते २०८३ मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, ३ असार/ विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

मंगलबार न्यायाधीशहरु नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले गौतमलाई मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्ने आदेश दिएको हो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतम सहित तत्कालीन निर्देशक प्रदीप अधिकारी लगायत विरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले गौतममाथि आर्थिक अनियमिततामा संलग्न भएको दाबी गर्दै ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा बिगो असुल गरी कानूनबमोजिम कारबाही गर्न माग गरेको थियो ।