फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

-


     क्लिक गण्डकी     
     वैशाख १८ गते २०८३ मा प्रकाशित


फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

पोखरा, १८ वैशाख /फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

शुक्रबार बिहान ११ः५ बजे खपौदी नजिक पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका वडा नम्बर १८ का बर्ष १० का अरेश लामाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पौडी खेल्ने क्रममा अमरेश डुबेर वेपत्ता भएका थिए । सशस्त्र प्रहरीको उद्धार टिमले तत्काल उनको उद्धार गरको थियो ।

सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम बाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमाण्डमा ८ जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक तारा चन्द्र शर्माको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।

उद्धार पछि पश्चिमाञ्चल क्षेत्रीय अस्प्ताल पोखरामा लगिएकोमा १२ः१५ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।