कास्की–२ मा रास्वपाका उत्तम पौडेल विजयी

-


     क्लिक गण्डकी     
     फागुन २३ गते २०८२ मा प्रकाशित


कास्की–२ मा रास्वपाका उत्तम पौडेल विजयी

कास्की–२ मा रास्वपाका उत्तम पौडेल विजयी

पोखरा, २३ फागुन/ कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा रास्वपाका उत्तमले २४ हजार ४ सय १८ मतान्तरका साथ विजय भएका हुन् ।

उनले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत प्राप्त गरे ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ६ हजार ५०० मत पाएका छन् । राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १ हजार ६ सय ४३ मत प्राप्त गरे ।

राप्रपाभन्दा पछि नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २ सय १ मत प्राप्त गरेका छन् ।

अन्य पार्टीले भने झिनो मत प्राप्त गरे । यो क्षेत्रमा ३ पटकसम्म एमालेका रविन्द्र अधिकारी र २ पटकसम्म विद्या भट्टराईले जितेको बिरासत जोगाउन उम्मेदवारका रुपमा एमालेले रश्मिलाई आगडी सारेको थियो ।



Tags: , ,