
पोखरामा रोयल एनफिल्डको हन्टर ३५०, टेस्ट राइड र बुकिङ शुरु
पोखरा, २१ माघ/ रोयल एनफिल्डले लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण पोखरामा सार्वजनिक गरेको छ । सार्वजनिक गर्दै कम्पनीले पोखराको शोरुममा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ ।
विश्वका प्रख्यात सहरका ‘कूल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस बीएस भीआई नयाँ हन्टर ३५०, २०२५ एडिसन कम्पनीले बुधबार पोखरामा प्रस्तुत गरेको हो ।
नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोकियो ब्ल्याक, लण्डन रेड र ग्राफाइट ग्रे गरी चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङहरू उपलब्ध छन्। कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् ।
यस संस्करणमा स्लिप एसिस्ट क्लच जडान गरिएको छ, जुन कम्पनीको ३५०–सिसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो। साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एम एम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सिट, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रूपमा थप गरिएको छ।
हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे सिरिज इन्जिनले सहरी सडकको दैनिकीमा चुस्त र सहजता प्रदान गर्ने दाबी गरिएको छ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ ।
नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य यसप्रकार रहेको छः
सिंगल टोनः रियो ह्वाइट, ड्रापर ग्रे र ग्राफाइट ग्रे – रु ४,९४,९००
डुअल टोनः टोकियो ब्ल्याक, लन्डन रेड र रिबेल ब्लु – रु ४,९९,९००





