स्याङजामा बालिकाको हत्या आरोपी फरार युवा पोखराबाट पक्राउ

-


     क्लिक गण्डकी     
     पौष १९ गते २०८२ मा प्रकाशित


हत्गढी

पोखरा, १९ पुस/ स्याङजामा १५ वर्षीया बालिकाको हत्या अभियोग लागेर फरार भएका एक युवालाई पोखरा १७ विरौटाबाट पक्राउ परेका छन् । हत्या पछि भागेका उनको २१ महिनापछि पोखराबाट पक्राउ परेका हुन् ।

पुतलीबजार नगरपालिका वडा नम्बर १३ बस्ने १५ वर्षीया बालिकाको हत्या गरी भागेका युवा शुक्रबार पोखराबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्ने युवा पुतलीबजार १३ घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङजाको संयुक्त टोलीले शुक्रबार पोखरा महानगरपालिकाको वडा नम्बर १७ बिरौटामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त तिवारीले आफ्नै गाउँकी १५ वर्षीय बालिकालाई २०८० साल चैत ११ दिउसो पौने १२ बजे हत्या गरी भागेको प्रहरीको भनाई छ ।

पक्राउ परेका तिवारीबिरुद्ध ज्यान सम्बन्धि कसुरमा म्याद थप गरी आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।