
पोखरामा टिप्परले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु
पोखरा, १३ असार/ पोखरामा टिप्परले स्कुटरलाई ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ ।
पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते भएकी थिइन् ।
घाइते क्षेत्रीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा) लगिएको थियो । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले जानकारी दिइन् ।





