गायक विनोद बानियाको ठक्कर सार्वजनिक

-


     क्लिक गण्डकी     
     फागुन १५ गते २०८१ मा प्रकाशित


विनोद बानिया

विनोद बानिया

पोखरा, १५ फागुन/ गीतमा पोखराका चर्चितगायक विनोद बानियाँको स्वर र संगीत रहेको ठक्कर गीत सार्वजनीक भएको छ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र भूठानका निर्माता अविरलथापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकनप्रोडक्सनबाट सार्वजनिक गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायत अन्यकलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसारचलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेकाछन् । एक्टर टेक वन चलचित्रको प्रदर्शन ताका राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी म्युजिक भिडियाकोे छायाँकन भएको थियो । गायक विनोद, गीतकार अविरल र अभिनेता राजवल्लभ पुराना मित्रहरु हुन् ।

समाजमा बढ्दै गएको चरम निराशा, अवसाद, विग्रह, हत्या र आत्महत्यालाई केही हदसम्म भएपनि निरुत्साहन गर्नका लागि गीतसंगीतको माध्यमद्वारा आशा र हिम्मतको संचार गराई मानसिकस्वास्थ्य कायम राख्न सो गीत लेखेको र निर्माण गरेको थापाले बताएका छन् ।

थापाले यस अघि चलचित्र साँघुरोको लागिआउँदैछु कि जाँदैछु, शिशिर योगीको स्वरमा रहेको आफ्नै देशमाबस साथी,प्रमोद खरेलको स्वरमा यो झरीमा तिमीसँगै,युनिटीब्यान्डको आशा अझै मरेको छैन लगायत अन्य गीतहरु बजारमाल्याईसकेका छन् भने उनी बहुचर्चित चलचित्र बुलबुलका निर्मातापनि हुन ।

समाज र जनमानसको मानसिक स्वास्थ्यप्रति दायित्ववोध गर्दैथालिएको यस अभियानमा काठमाडौं महानगरपालिका र स्वास्थ्यमन्त्रालयले पनि साथ दिएको छ । गीतकार थापाले सबैलाईउत्प्रेरणा दिने यस गीतलाई आम जनमानसमा पुर्याउन र सामाजिकसंजाल मार्फत प्रवाह गरिदिन सबै व्यतिm , संस्थाहरु र सबैखालेसंचार माध्यमलाई प्रकाशन र प्रसारण गरिदन अपिल समेत गरेका छन् ।



Tags: