कास्की क्रिकेट लिगः पोखरा र कास्की विजयी

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०८१ मा प्रकाशित


कास्की क्रिकेट लिगः पोखरा र कास्की विजयी

कास्की क्रिकेट लिगः पोखरा र कास्की विजयी

पोखरा, २७ माघ/ पोखरा क्रिकेट क्लबले पहिलो जित निकाल्ने क्रममा अरण्यज्योति क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धा अरण्यज्योतिले दिएको ५२ रनको लक्ष्यलाई पोखरा क्रिकेट क्लबले एक विकेटको क्षतिमा पुरा गर्यो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेको अरण्यज्योतिले पहिलो इनिङमा केवल ५१ रनमै समेटियो । नवौं नम्बरमा आएका मुकेश गुप्ताले सर्वाधिक १५ रनको योगदान दिए । सुवास भण्डारी र प्रेम गुरुङले समान तीन तीन विकेट लिएपछि अरण्यज्योति सामान्य लक्ष्यमा सीमित हुन पुग्यो ।

५२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले मुस्कान थापाको अविजिति ३७ रन योगदानमा सहज जित निकाल्यो । उनले जितसम्म रोशन पौडेलले १३ रनमा अविजित हुदैं साथ दिए । सुवास प्लयेर अफ दि म्याच घोषित भए ।

यसैगरी अर्को खेलमा कास्की क्रिकेट क्लबले जितलाई निरन्तरता दिने क्रममा सांग्रिला क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको कास्कीले अर्जुन कुमालको अर्धशतकीय पारीमा ७ विकेटको क्षतिमा १५६ रन बनायो ।

ओपनर सोहेल कुँवरले २७ बलमा ३४ रन बनाए । कुमालले ४६ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । रोशन चन्दले २५ रन बनाए । लक्ष्मण परियारले ४ विकेट लिए ।

नितेश गिरीले किफायति बलिङ गर्ने क्रममा केवल ५ रन मात्रै खर्चेर ३ विकेट लिएपछि सांग्रिला १०६ रनमा समेटियो । सिब्रिन श्रेष्ठले ५६ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिएपनि हार टार्न भने सकेनन् । उनले ३ चौका र २ छक्का प्रहार गर्दा अरुण अधिकारीले २९ रन बनाउने क्रममा २१ बल खेल्दै ५ चौका र १ छक्का स्कोरकार्डमा चढ्यो ।

आदित्य थापा र रोहित चन्दले समान दुई दुई विकेट लिए । खेलमा अर्जुन कुमाल प्लेयर अफ दि म्याच घोषित भए ।



Tags: