घिउ, चाकु र तरुलसँगै, केशुका कविता

-


     क्लिक गण्डकी     
     माघ १ गते २०८१ मा प्रकाशित


घिउ, चाकु र तरुलसँगै, केशुका कविता

घिउ, चाकु र तरुलसँगै, केशुका कविता

पोखरा, १ माघ/ माघ १ गते माघेसंक्रान्ति अनि तरुल, सखरखण्ड, चाकु र घिउ खाने दिन । पोखरामा पुछाारसिटे अभियानले तरुल, सखरखण्ड, चाकु र घिउ खादै कविता सुन्ने चाँजो पाँचो मिलायो । कविता सुनाउने जिम्मा भने केशु बराललाई थियो ।

गीत, कविता, मुक्तक र गजलहरू पनि निकै चर्चित थिए छन् उनका । तीनै उनका रचनाहरुलाई उनले पोखराको कार्यक्रममा सुनाइन् ।

कवितालाई संस्कृतिसँग जोड्दै ‘पुछारसिटे अभियान’ पोखराले करिब एक दशक देखि ‘घिउ, तरुल र चाकुसँग कविता’ कार्यक्रम गर्दै आएको छ । प्रतिभा भएर पनि ओझेलमा परेकालाई अभियानले मञ्च प्रदान गर्दै आएको छ ।

पोखराको चिप्लेढुङ्गास्थित दि भिलेज रेस्टुरेन्टमा घिउ, चाकु, तरुल, सखरखण्ड, खुदो, तिलको लड्डु, चिउरा आदि खानेकुरा खाएपछि केशुले कविता सुनाउन सुरु गरिन् ।

लामो समयदेखि पोखराको मदरल्यान्ड माध्यमिक विद्यालयमा शिक्षण पेसामा आवद्ध बराल कुशल कविता लेखिका पनि हुन् भने प्रमाणीत गरिन् । विद्यार्थीलाई पढाउने क्रममा उनले थुप्रै शैक्षिक गीत समेत सिर्जना गरेकी छिन् ।

उनका कवितामा विषयवस्तुका विभिन्न आयमहरु छरिन् । यसरी पुछारिसेटे अभियानले प्रतिभाहरूलाई सबै माझ पु¥याउने काम गरेको छ ।

स्व प्रकट पगेनी ‘शिव’बाट सुरु भएको अभियान अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’, डा. वसन्त गौतम, डा. ईश्वरमणि अधिकारी हुँदै केशु शर्मासम्म आइपुगेको छ ।



Tags: