एनपिएलमा बुधबार दुई खेल हुदै

-


     क्लिक गण्डकी     
     मंसिर १८ गते २०८१ मा प्रकाशित


एनपिएलमा बुधबार दुई खेल हुदै

एनपिएलमा बुधबार दुई खेल हुदै

पोखरा, १८ मंसिर/ नेपाल प्रिमियर लिग(एनपिएल)मा बुधबार पनि दुई खेल हुदैछ ।

पहिलो खेल ९ बजे कर्णाली याक र काठमाडौं गोर्खाज बिच हुनेछ । दुबै टोलीले एक एक खेल खेल्दै हार बेहोरेका छन् । काठमाडौं रनरेटका आधारमा चौथो स्थानमा छ भने कर्णाली पाँचौ स्थानमा छ ।

बुधबार नै हुने दोस्रो खेल दिऊसो १ बजे विराटनगर किंङ र लुम्बिनी लायन्स बिच हुनेछ ।

विराटनगरले दुई खेल खेलेको छ भने लुम्बिनीले पहिलो खेल खेल्दैछ । दुई खेल खेलेको विराटनगरले दुबैमा हार बेहोरेको छ ।



Tags: