
भूकम्प
पोखरा, ७ मंसिर/ कास्कीमा भूकम्पको धक्का महसुश भएको छ । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको हो ।
दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । कामकाजको बेला भएका कारण धेरैले भूकम्प गएको थाहा भने पाएनन् ।





