
पोखरामा कर सप्ताह शुरु
पोखरा, १ मंसिर/ आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस थालेको छ । “करप्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८१ आज देखी मंसिर ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ ।
पहिलो दिन प्रभावतफेरि गरी राष्ट्रिय कर दिवसको शुरु गरेको छ । मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने, मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत संघ संगठनसँग अन्तरक्रिया, कर सम्बन्धि प्रशिक्षण कार्यक्रम र संचार माध्यममा अन्तरसम्बाद कार्यक्रम गर्ने छ ।
मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरामा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी जनाएको छ ।
कर सप्ताहमा आर्थिक ऐन, २०८१ ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई जानकारी गराउने, करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू करसप्ताहमा गर्ने आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।
कास्की र स्याङजा कार्यक्षेत्र रहेको यस कार्यालयमा करिब ७० हजार प्यान र भ्याटमा दर्ता छन् ।





